
१कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
२स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
३१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
४प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
५गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
६जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
७गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
८केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
९सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
१०तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
११ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१२एमालेका महेश बस्नेतको लज्जास्पद हार
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
कञ्चनपुर, २४ असोज । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् ।
तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झोपडीमा बस्दै आउनुभएको छ । उहाँ झोपडीकै एक कोठामा सिलाई मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने काम गर्दै आउनुभएको छ । गतिलो सीप नहुँदा नयाँ लुगा सिउनेहरूमध्ये थोरै मात्र उहाँ कहाँ पुग्छन् ।
महिनामा हुने दुई चार हजार कमाइले घरको नुन, तेल, चालमल, पिठो, दालको जोहो मिलाउन दमाई परिवारलाई धौधौ पर्छ । कमाई नभएका बेला भोक भोकै झोपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उहाँसँग रहेको छ ।
दामोदरका बुवा बाजे दार्चुलाको बस्कोटमा फुसर्दको बेला निश्चित अन्न लिएर कपडा सिउने (खलो प्रथा) मा काम गर्नुहुन्थ्यो । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि दमाइका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम गर्नुभएको थियो ।
पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ सालमा सहज जीविनयापनको खोजीमा तराई झर्नुभयो । “कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, उहाँले भन्नुभयो, “कुनै ठाउँमा पनि स्थायीरूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायीरूपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ नहुँदा घुमन्तेरूपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उहाँ सुनाउनुहुन्छ ।
कमाई गर्ने एक मात्रै साधन हातले चलाउने सिलाई मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो (निश्चित अन्न)ले जीविका चल्थ्यो”, उहाँले भन्नुभयो, “जिउ ढाक्ने लुगाफाटो अरुसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाई गर्ने मेसिन चलाएर दमाई परिवारले जीविका चलाउँदै आएका थिए ।
राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रीज परियोजनाअन्र्तगत दमाईले सिलाई गर्ने मेसिन पाउनुभएको छ । मेसिन पाएपछि घर खर्च चलाउन उहाँलाई केही सहज भएको छ । “आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाई मेसिनले छिटो छरितो रूपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटो छरितो त भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरूले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”
दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उहाँ समावेश हुनबाट छुटनु भएको छ । लगतमा समावेश नहुँदा उहाँले परिचयपत्र र पुनःस्थापनका प्याकेज पाउनुभएको छैन । पच्चिस वर्ष अघि बनाइएको झोपडीमा दमाई परिवार बस्दै आएको छ । “प्लाष्टिको कालो त्रिपाल र घाँसको छाना भएको कच्चि झोपडी बनाएको वर्षौं भइसक्यो”, उहाँले भन्नुभयो, “झोपडी ढल्ने अवस्थामा पुगेको छ, झोपडी ढले आश्रयस्थलको खोजिमा फेरी भौतारिनुपर्ने छ ।”
दमाईका चार छोरी र एक छोरा छन् । आवश्यक रकम जुटाउन नसक्दा टीकाटालो गरेर छोरीको विवाह गरी बिदाई गरेको नमिठो अनुभव उहाँसँग छ । “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, उहाँले भन्नुभयो, “पढाईका लागि आवश्यक रकम जुटाउन सकिन, बीचमै विद्यालय छुटाएर दुई महिना अघि कमाई गर्नका लागि भारत पठाएको छु ।” छोरालार्ई भारत पठाउनु रहर नभएर बाध्यता भएको उहाँले उल्लेख गर्नुभयो ।
सिलाईसँगै पहिला दामोदर पञ्चेबाजाअन्र्तगत पर्ने दमाहा बजाउने कार्य गर्नुहुन्थ्यो । त्यसबाट केही आम्दानी हुन्थ्यो । विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको उहाँको भनाइ रहेको छ । “झोपडीको कुनामा दमाहा झुण्याएको वर्षौं भइसकेको छ”, उहाँले भन्नुभयो, “बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ ।” दसैँ आए पनि एक छाक खानका लागि अरुसँगै हात थाप्नुपर्ने अवस्था दमाई परिवारलार्ई रहेको छ । उहाँ भन्नुहुन्छ, “हाम्रा पीरमार्का मात्रै नसोध्नोस्, दुई छाक खाना सहजरूपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यहि मात्रै हाम्रो अनुरोध छ ।” रासस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद