
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
तनहुँ, २४ फागुन । गण्डकी प्रदेशको तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित भएका छन् ।
उनले ३२,६८७ मत प्राप्त गर्दै विजयी घोषित भएका हुन् । यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले १४,१३५ मत प्राप्त गरेका छन् । न्यौपानेले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका छन् ।
अन्य प्रमुख उम्मेदवारहरूको मत यस प्रकार रहेको छ ।
केदार सिग्देल (नेकपा (एमाले)) – ११,६६८ मत
सोम बहादुर थापा (नेकपा) – १,९५३ मत
याम बहादुर ठकुरी (राप्रपा) – १,११७ मत
सुस्मा आले (मंगोल नेशनल अर्गनाइजेसन) – ४९५ मत
पूर्ण बहादुर राना (नेपाल जनमुक्ति पार्टी) – १७२ मत
गणेश बहादुर लामगादे (नेकपा (माओवादी)) – १२२ मत
नम बहादुर राना (नेशनल रिपब्लिक नेपाल) – १०५ मत
लाल बहादुर सार्की (गोतामे) (राष्ट्रिय जनमुक्ति पार्टी) – ९५ मत
लक्ष्मण अधिकारी (नेपाल मजदुर किसान पार्टी) – ३० मत
यो क्षेत्रमा कुल १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा करिब ६६ हजार ७७२ मत खसेको थियो । मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले न्यौपानेलाई विजयी घोषणा गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहेका इन्जिनियर न्यौपानेले यो क्षेत्रमा युवा तथा स्वतन्त्र राजनीतिको मुद्दालाई अगाडि बढाउँदै ठूलो मतान्तरसहित जित हासिल गरेका छन् ।