
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
लमजुङ, २४ फागुन । प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्मराज के.सी.ले ऐतिहासिक जित हासिल गरेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वगण्डकी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतको फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरे अनुसार के.सी.ले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् । गुरुङले १६ हजार ८७६ मत ल्याएका छन् । नेपाली कांग्रेसका गम प्रसाद गुरुङ १६ हजार ५६९ मत सहित तेस्रो स्थानमा रहेका छन्। अन्य उम्मेदवारहरूको मत भने यस प्रकार रहेको छ:
हरि जंग तमाङ (नेपाली कम्युनिस्ट पार्टी) – ३,३७१
केबिन्द्र जंग गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) – १,०००
कोषलाल गुरुङ (श्रम संस्कृति पार्टी) – ५६५
विकास गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) – ३५१
रविन्द्र नखोला (नेपाल कम्युनिस्ट पार्टी माओवादी) – १४४
सन्तोष घिमिरे (स्वतन्त्र) – १३०
मिलन वास्कोटा (जनादेश पार्टी नेपाल) – ५३
भरत गुरुङ (नेशनल रिपब्लिक नेपाल) – ४१
गुजेश्वरी प्रजापति मगजु (नेपाल मजदुर किसान पार्टी) – १२
कुल मतदाता करिब १ लाख ३७ हजार रहेको क्षेत्रमा ७५ हजार ४६० मत खसेको थियो। के.सी.ले सदर मतको झण्डै आधा हिस्सा ओगट्दै परम्परागत ठूला दलहरूको गढमा ठुलो भूकम्प नैं आएको छ ।
यो जितलाई राजनीतिक विश्लेषकहरूले जेनजी आन्दोलन (२०८२ भदौमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवा पुस्ताको विद्रोह) पछिको बदलिएको राजनीतिक वातावरणसँग जोडेर हेरेका छन्। गुरुङ त्यसबेला संघीय सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री थिए ।
तत्कालिन सञ्चारमन्त्री गुरुङले आन्दोलन हिंसात्मक बनेपछि सरकारको निर्णयलाई जायज ठह¥याउँदै आन्दोलनलाई ’सुनियोजित अराजकता तथा प्रतिक्रियावादी तत्वहरूको घुसपैठ’ भएको आरोप लगाएका थिए। युवा असन्तुष्टि र ’हाइज्याक’ भएको भनाइले उनलाई युवा मतदाताबाट टाढा बनाएको थियो ।
गुरुङ एमालेका केन्द्रीय उपाध्यक्ष हुन्। उनी पार्टीमा केन्द्रीय सदस्य, सचिव, उपमहासचिव हुँदै उपाध्यक्ष बनेका छन्। गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री (२०७४–२०७८) भएका उनी संघीय तहमा सञ्चारमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि भइसकेका छन्। तर यसपटकको चुनावमा युवा विद्रोह र रास्वपाको लहरले उनले लामो राजनीतिक यात्रामा सर्मनाक हार व्यर्होन पुगेका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा