
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
लमजुङ, २४ फागुन । प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्मराज के.सी.ले ऐतिहासिक जित हासिल गरेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वगण्डकी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतको फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरे अनुसार के.सी.ले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् । गुरुङले १६ हजार ८७६ मत ल्याएका छन् । नेपाली कांग्रेसका गम प्रसाद गुरुङ १६ हजार ५६९ मत सहित तेस्रो स्थानमा रहेका छन्। अन्य उम्मेदवारहरूको मत भने यस प्रकार रहेको छ:
हरि जंग तमाङ (नेपाली कम्युनिस्ट पार्टी) – ३,३७१
केबिन्द्र जंग गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) – १,०००
कोषलाल गुरुङ (श्रम संस्कृति पार्टी) – ५६५
विकास गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) – ३५१
रविन्द्र नखोला (नेपाल कम्युनिस्ट पार्टी माओवादी) – १४४
सन्तोष घिमिरे (स्वतन्त्र) – १३०
मिलन वास्कोटा (जनादेश पार्टी नेपाल) – ५३
भरत गुरुङ (नेशनल रिपब्लिक नेपाल) – ४१
गुजेश्वरी प्रजापति मगजु (नेपाल मजदुर किसान पार्टी) – १२
कुल मतदाता करिब १ लाख ३७ हजार रहेको क्षेत्रमा ७५ हजार ४६० मत खसेको थियो। के.सी.ले सदर मतको झण्डै आधा हिस्सा ओगट्दै परम्परागत ठूला दलहरूको गढमा ठुलो भूकम्प नैं आएको छ ।
यो जितलाई राजनीतिक विश्लेषकहरूले जेनजी आन्दोलन (२०८२ भदौमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवा पुस्ताको विद्रोह) पछिको बदलिएको राजनीतिक वातावरणसँग जोडेर हेरेका छन्। गुरुङ त्यसबेला संघीय सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री थिए ।
तत्कालिन सञ्चारमन्त्री गुरुङले आन्दोलन हिंसात्मक बनेपछि सरकारको निर्णयलाई जायज ठह¥याउँदै आन्दोलनलाई ’सुनियोजित अराजकता तथा प्रतिक्रियावादी तत्वहरूको घुसपैठ’ भएको आरोप लगाएका थिए। युवा असन्तुष्टि र ’हाइज्याक’ भएको भनाइले उनलाई युवा मतदाताबाट टाढा बनाएको थियो ।
गुरुङ एमालेका केन्द्रीय उपाध्यक्ष हुन्। उनी पार्टीमा केन्द्रीय सदस्य, सचिव, उपमहासचिव हुँदै उपाध्यक्ष बनेका छन्। गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री (२०७४–२०७८) भएका उनी संघीय तहमा सञ्चारमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि भइसकेका छन्। तर यसपटकको चुनावमा युवा विद्रोह र रास्वपाको लहरले उनले लामो राजनीतिक यात्रामा सर्मनाक हार व्यर्होन पुगेका छन् ।