
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बिथोल्ने उद्देश्यले ‘माओवादी कार्यकर्ता हौं’ भन्दै डरधम्की देखाएर गैरकानूनी रूपमा चन्दा संकलन गरिरहेको भन्दैं दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले फागुन ३ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य ३२ वर्षीय अग्नि भन्ने लक्ष्मण पाण्डे (तनहुँको व्यास नगरपालिका–१३, छाब्दी) र सोही पार्टीका कास्की जिल्ला सेक्रेटरी ३७ वर्षीय भीमसेन परियार (कास्कीको माछापुच्छ्रे गाउँपालिका–२) रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
उनीहरूको साथबाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गण्डक ब्यूरो लेखिएको रसिदको ठेली (रसिद नम्बर १४२१ देखि १४४० सम्म, जसमध्ये १५ थान अर्धकट्टी विभिन्न व्यक्ति तथा संघसंस्थाको नाममा काटिएका), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति कास्कीको आर्थिक सहयोगसम्बन्धी पत्र (सेक्रेटरी क. वृन्दाको हस्ताक्षर भएको २० थान), पहेँलो रंगको खाली खाम १५ थान, नगद २३ हजार रुपैयाँ, ‘जातवार्ता आहुति’ लेखिएको पुस्तक १ थान, खैरो रंगको डायरी २ थान र मोबाइल ३ थान बरामद गरेको छ।
प्रहरीले उनीहरूमाथि चन्दा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर थप अनुसन्धान अघि बढाएको छ। यो घटनाले निर्वाचन नजिकिँदै गर्दा यस्ता अवैध गतिविधि रोक्न सुरक्षा निकायले बढाएको सक्रियताको संकेत गरेको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा