
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, ५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बिथोल्ने उद्देश्यले ‘माओवादी कार्यकर्ता हौं’ भन्दै डरधम्की देखाएर गैरकानूनी रूपमा चन्दा संकलन गरिरहेको भन्दैं दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले फागुन ३ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य ३२ वर्षीय अग्नि भन्ने लक्ष्मण पाण्डे (तनहुँको व्यास नगरपालिका–१३, छाब्दी) र सोही पार्टीका कास्की जिल्ला सेक्रेटरी ३७ वर्षीय भीमसेन परियार (कास्कीको माछापुच्छ्रे गाउँपालिका–२) रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
उनीहरूको साथबाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गण्डक ब्यूरो लेखिएको रसिदको ठेली (रसिद नम्बर १४२१ देखि १४४० सम्म, जसमध्ये १५ थान अर्धकट्टी विभिन्न व्यक्ति तथा संघसंस्थाको नाममा काटिएका), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति कास्कीको आर्थिक सहयोगसम्बन्धी पत्र (सेक्रेटरी क. वृन्दाको हस्ताक्षर भएको २० थान), पहेँलो रंगको खाली खाम १५ थान, नगद २३ हजार रुपैयाँ, ‘जातवार्ता आहुति’ लेखिएको पुस्तक १ थान, खैरो रंगको डायरी २ थान र मोबाइल ३ थान बरामद गरेको छ।
प्रहरीले उनीहरूमाथि चन्दा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर थप अनुसन्धान अघि बढाएको छ। यो घटनाले निर्वाचन नजिकिँदै गर्दा यस्ता अवैध गतिविधि रोक्न सुरक्षा निकायले बढाएको सक्रियताको संकेत गरेको छ।