
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
सिन्धुपाल्चोक, २४ फागुन । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले २१ हजार ५७२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङलाई पराजित गरेका हुन्। तामाङले १८ हजार ८४८ मत ल्याएका थिए, जसले गर्दा दुलालले करिब २ हजार ७२४ मतको अन्तरले जित हासिल गरे।
तेस्रो स्थानमा नेकपा (एमाले) का शेरबहादुर तामाङ १५ हजार ५१४ मतसहित रहे भने चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अजय श्रेष्ठले १३ हजार ९१७ मत प्राप्त गरे।
यो क्षेत्रमा विगतका निर्वाचन इतिहास हेर्दा २०४८ देखि २०५६ सम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर राणाले लगातार जित हासिल गरेका थिए। २०६४ मा तत्कालीन नेकपा (माओवादी) का दावा तामाङ विजयी भएका थिए। त्यसपछि २०७० र २०७४ मा एमालेका शेरबहादुर तामाङले जितेका थिए भने २०७९ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए।
नवनिर्वाचित सांसद युवराज दुलाल यसअघि बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। उनी प्रदेशसभामा दुई पटक निर्वाचित भइसकेका थिए र सो पदबाट राजीनामा दिएर यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए।