
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौं, २३ फागुन । मुलुकको राजधानी काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ण क्लिन स्वीप गरेको छ । मतगणना सम्पन्न भएसँगै रास्वपाका उम्मेदवारहरूले ठूलो मतान्तरका साथ जित हासिल गरेका छन् । यो परिणामले राजधानीमा परम्परागत दलहरूको प्रभाव निकै कमजोर भएको देखाएको छ ।
काठमाडौं–१ बाट रञ्जु दर्शना (न्यौपाने)ले १५ हजार ४५५ मत प्राप्त गर्दै जित हासिल गरिन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत मात्रै पाए । काठमाडौं–२ मा सुनिल केसीले ३४ हजार २३८ मत ल्याएर विजयी भए भने कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत पाए । काठमाडौं–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित निर्वाचित भए, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ११ हजार १७१ मतमा रोकिए ।
यसैगरी काठमाडौं–४ मा पुकार बमले २९ हजार २४२ मत प्राप्त गरे, कांग्रेसका सचिन तिमल्सेना ८ हजार ८२४ मतमा सीमित रहे । काठमाडौं–५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भइन्, कांग्रेसका प्रदीप पौडेल ९ हजार १५९ मत ल्याए । काठमाडौं–६ मा शिशिर खनालले २७ हजार ७१९ मत प्राप्त गरे, कांग्रेसका कृष्ण बानियाँ क्षेत्री ६ हजार ६४७ मतमा पछि परे ।
काठमाडौं–७ मा गणेश पराजुली २७ हजार ८०५ मतसहित जिते, कांग्रेसका प्रमोदहरि गुरागाईं ३ हजार ९८२ मतमा रोकिए । काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याएर निर्वाचित भए, नेकपाका सुमन सायमी ३ हजार २१७ मतमा सीमित रहे । काठमाडौं–९ मा डोलप्रसाद अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे, कांग्रेसकी नानुमैया बास्तोला ५ हजार ४६० मत ल्याइन् । काठमाडौं–१० मा प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भए, कांग्रेसका हिमाल कार्की ८ हजार १०० मतमा पछि परे ।
यी नतिजाले रास्वपाले काठमाडौंमा युवा तथा शहरी मतदाताको ठूलो समर्थन प्राप्त गरेको स्पष्ट भएको छ । धेरैजसो क्षेत्रमा प्रतिस्पर्धीहरूको जमानत जफत भएको छ, जसले मतदाताको असन्तुष्टि र परिवर्तनको चाहना झल्काउँछ ।
२०७९ को निर्वाचनसँग तुलना गर्दा यो परिवर्तन निकै उल्लेखनीय छ । त्यतिबेला रास्वपाले काठमाडौंका १० क्षेत्रमध्ये मात्र ४ वटामा जित हासिल गरेको थियो— काठमाडौं–२ (सोविता गौतम), काठमाडौं–६ (शिशिर खनाल), काठमाडौं–७ (गणेश पराजुली) र काठमाडौं–८ (विराजभक्त श्रेष्ठ) । बाँकी ६ क्षेत्रमा नेपाली कांग्रेस र अन्य दलहरूले जितेका थिए ।
तर अहिले रास्वपाले पुराना ४ क्षेत्रमा जित दोहोर्याएको मात्र होइन, थप ६ क्षेत्र पनि जितेर पूर्ण क्लिन स्वीप गरेको छ । यसले जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तनको लहरलाई संस्थागत गरेको देखिन्छ— परम्परागत दलहरूको प्रभाव घट्दै गएको र वैकल्पिक राजनीतिप्रति मतदाताको आकर्षण बढेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम