
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, २४ फागुन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आइतबार आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगका सदस्यहरू पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारीसहितको टोलीले आज आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरेको हो ।
आयोगले आन्दोलनका क्रममा भएका सुरक्षा चुक, अत्यधिक बल प्रयोग तथा अन्य गल्तीहरूका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको छ । आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “जेनजी आन्दोलनमा भदौ २३ गते युवाहरूमाथि गोली हान्ने आदेश दिनेदेखि गोली नरोक्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ । भदौ २४ गतेको घटनामा पनि दोषी देखिएकालाई कारबाहीको सिफारिस गरिएको छ ।”
आयोगका सदस्य विज्ञानराज शर्माले पनि ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ । हामीले प्रमाणका आधारमा निष्पक्ष रूपमा राय तथा सुझाव दिएका छौं,’ भने । उनले प्रतिवेदनमा सुरक्षा चुकहरू सुरुदेखि नै देखिएको उल्लेख गर्दै ब्यारिकेडदेखि नै लापरबाही भएको बताए ।
प्रतिवेदनमा विशेष रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं जिल्ला सुरक्षा समितिका तत्कालीन अध्यक्ष (प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल) लाई जिम्मेवार ठहर गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको छ । यसबाहेक तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव तथा नेपाल प्रहरीका तत्कालीन आईजीपी लगायत अन्य जिम्मेवार अधिकारीहरूलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ ।
भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर २१ जनाको घटनास्थल तथा अस्पतालमा मृत्यु भएको थियो । समग्र जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । आयोगले २०० भन्दा बढी व्यक्तिको बयान, कागजात तथा प्रमाणहरू संकलन गरी करिब ८ देखि १० हजार पृष्ठसम्मको प्रतिवेदन तयार पारेको छ ।
आयोगले भदौ २४ गते भएको आगजनी, लुटपाट तथा तोडफोडमा संलग्नहरूलाई पनि सम्बन्धित कसुरमा अभियोजन गर्न सिफारिस गरेको छ । मङ्सिर २४ मा सरकार र आन्दोलनकारीबीच भएको १० बुँदे सम्झौताअनुसार उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन तथा कारबाही सिफारिस गर्ने उल्लेख थियो ।
आयोगले प्रतिवेदन बुझाइसकेपछि सरकारले यसलाई कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ । संयोजक कार्कीले प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुन सक्नेप्रति सरकारलाई सचेत गराएको बताए । आयोगले निर्वाचनलाई असर नपरोस् भनेर निर्वाचनपछि प्रतिवेदन बुझाउने निर्णय गरेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन प्राप्त गरेपछि यसको अध्ययन गरी आवश्यक कारबाही अघि बढाउने बताइएको छ । आयोगले देश, जनता तथा शहीदहरूको न्यायका लागि निष्पक्ष रूपमा काम गरेको दाबी गरेको छ ।