
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
गोरखा, २५ फागुन । गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार उनले २९,८९६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५,३९८ मत प्राप्त गरे। यसरी गुरुङले खत्रीमाथि १४,४९८ मतको स्पष्ट अग्रता कायम गरेका छन्। तेस्रो स्थानमानेपाली कम्युनिष्ट पार्टी (नेकपा) हरिराज अधिकारी ११,१२४ मतसहित रहेका छन् भने चौथो स्थानमा एमालेका रामचन्द्र लामिछानेले ३,७३२ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले क्रमशः कम मत ल्याएका छन्।
सुधन गुरुङ को हुन् ?
सुधन गुरुङ (जन्मः २०४४) चुमनुव्री गाउँपालिका–३ सिर्दिवास (नाग्चेत) का पुख्र्यौली थलो भए पनि काठमाडौंमा जन्मेका र हुर्केका युवा नेता हुन्। उनले मल्टी इन्टरनेसनल कलेजबाट ‘ए लेभल्स’ पूरा गरेपछि विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका थिए। विभिन्न संघसंस्थासँग जोडिएर सामाजिक कार्यमा सक्रिय रहेका गुरुङले २०७२ सालको गोरखा भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी राहत तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२०८२ भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि उनी एकाएक राष्ट्रिय चर्चामा आए। नेतृत्वविहीन यो आन्दोलनको मोर्चा सम्हाल्दै अगुवाइ गरेका गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन तथा मन्त्रिपरिषद् विस्तारसम्मका गतिविधिमा सक्रिय भूमिका खेलेका थिए। आन्दोलनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी गोरखा–१ बाट उम्मेदवारी दिएका थिए।
ऐतिहासिक सन्दर्भ र महत्व
गोरखा–१ क्षेत्र विगतका निर्वाचनमा मुख्य रूपमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो जित्ने क्षेत्रका रूपमा चिनिन्थ्यो। २०६४ यताका निर्वाचनमा यी दुई दलले वर्चस्व कायम राखेका थिए। तर यसपटक जेन–जी आन्दोलनबाट उदाएका युवा नेतृत्वको प्रवेशले परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचेको छ।
विजयपछि गुरुङको प्रतिक्रिया
विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङले भने, ‘यो जित मेरो मात्र होइन, गोरखावासीको जित हो। जेन–जी आन्दोलनको सम्झौता कार्यान्वयन मेरो पहिलो प्राथमिकता हो। जेन–जी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्ने विषय संसदमा उठाउँछु। क्षेत्र नम्बर १ विकासको दृष्टिले पछाडि परेको छ, यसलाई अगाडि बढाउन दिनरात नभनी काम गर्नेछु।’
उनको मुख्य चुनावी एजेन्डामा जेन–जी शहीद परिवार तथा घाइतेहरूको पीडा अन्त्य, ठूला फाइलहरूको खुलासा, शून्य सहिष्णुता तथा जिम्मेवारी निश्चितता जस्ता मुद्दा थिए। उनले संसदबाट सरकारलाई निरन्तर दबाब दिई छानबिन प्रतिवेदनको आधारमा अभियोजन तथा कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन