
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
भक्तपुर, २३ फागुन । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले ठूलो मतान्तरसहित विजय हासिल गरेका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई ३१ हजार ३३८ मतले पराजित गरे। लज्जास्पद हार व्यहोरेका बस्नेतले १० हजार ९९६ मत मात्र ल्याएका थिए ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका कविर राणा ८ हजार ४०१ मतसहित रहे भने नेमकिपाका रमेश वैद्यले ३ हजार ७५६ मत प्राप्त गरे। अन्य उम्मेदवारहरू नेकपाका रामप्रसाद सापकोटा (१ हजार ३२३), राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा (१ हजार २२४) ले क्रमशः मत ल्याए।
यो नतिजाले भक्तपुर–२ मा मतदाताको स्पष्ट सन्देश दिएको छ— परिवर्तन र नयाँ शक्तिप्रति आकर्षण बढ्दो छ।
विशेष गरी युवा पुस्ता र जेनजी आन्दोलनको प्रभाव यो क्षेत्रमा प्रस्ट देखिएको छ। जेनजी आन्दोलनका क्रममा महेश बस्नेतले दिएका केही विवादास्पद अभिव्यक्ति— जसमा आन्दोलनलाई ’नियोजित अन्तर्राष्ट्रिय षड्यन्त्र’, ’विदेशी स्नाइपरहरूको संलग्नता’ जस्ता आरोपहरू लगाउँदै आन्दोलनकारीहरूलाई लक्षित गरेका थिए— ले उनको छविमा गम्भीर धक्का पु¥याएको देखिन्छ। यस्ता भनाइहरूले युवा मतदातालाई रुष्ट बनाएको र उनीहरूको असन्तुष्टि मतदानमार्फत व्यक्त भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
बस्नेतले पराजयपछि सामाजिक सञ्जालमार्फत जनताको निर्णयलाई सर्वोपरि मानेर सम्मान गरेको बताए। उनले लेखे, ’यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ। विजयी राजीव खत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना।’ राजनीतिमा हार–जित स्वाभाविक भएको उल्लेख गर्दै उनले सदनबाहिरबाट पनि शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्धिका लागि आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।
यो चुनावी परिणामले एमालेलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ, विशेष गरी युवा पुस्तासँगको सम्बन्ध र अभिव्यक्ति शैलीमा। रास्वपाका लागि भने यो ठूलो सफलता हो, जसले नयाँ पुस्ताको आशा र अपेक्षालाई प्रतिबिम्बित गर्दैछ। भक्तपुरका मतदाताले परिवर्तनको पक्षमा निर्णायक मत दिएका छन्, जसले आगामी राजनीतिक गतिशीलतालाई थप रोचक बनाउने संकेत गरेको छ।