
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
वालिङ, १० असार । दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–८ बङ्रातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।
बङ्रातीका बाजा भनेपछि यसको छुट्टै महत्व र माग हुँदाहुँदै पनि नयाँ पुस्ताले यो पेसाप्रति रुचि नदेखाएकाले भोलिका दिनमा हराउँछ कि भन्ने चिन्ता बङ्राती कालिका बाजा समूहका अध्यक्ष दलबहादुर परियारको छ ।
“लगनका बेला र शुभकार्यमा नौमती बाजाको माग हुने गरेको छ”, उहाँले भन्नुभयो, “अरु बेला काम पाइँदैन, लगनका बेलामा मात्रै बाजा बजाएर दैनिक चल्ने कुरै भएन ।” बाजा बजाएर दैनिकी चलाउन गाह्रो हुने, नियमित आम्दानी नहुने, मेहनत अनुसारको पारिश्रमिक नपाइने भएकाले युवा पुस्ताले रुचि नदेखाएको उहाँले बताउनुभयो ।
“गाउँमा युवाको सङ्ख्या त अधिक छ, यो पेसाबाट आम्दानी कम हुने भएकाले टिक्न सक्ने अवस्था भएन, गाउँका अहिले करिब ३५–४० युवा वैदेशिक रोजगारीमा छन्, यहाँका युवाले बाजा बजाउने सीप नै नजानेका होइनन्”, उहाँले भन्नुभयो, “सीप त जानेका छन्, तर यसबाट भएको आम्दानीले घर खर्च चलाउनै मुस्किल भएपछि टिकिराख्न सकेनन् ।”
दिन तथा दूरीका हिसाबले नजिक तथा टाढाको दर फरक हुने गरेको समूहका सदस्य तुलवीर परियार बताउँदै नजिकदेखि टाढा तथा समयानुसार न्यूनतम रु २० देखि ४० हजारसम्म पारिश्रमिक लिने गरेको उहाँले बताउनुभयो । “अहिले बाजा समूहमा १२ जना ४०–४५ वा सोभन्दा माथिका मात्रै सहभागी छौँ”, उहाँले भन्नुभयो, “समूहमा युवा पुस्तालाई हिँडाउन सकेका छैनौँ, युवा बाजाभन्दा पनि वैदेशिक रोजगार वा अन्य व्यवसायतर्फ आकर्षित भएका छन् ।”
केही वर्ष पहिले गल्याङ नगरपालिकाले नौमती बाजा सेट उपलब्ध गराएको थियो । बाजा पुराना भएकाले बजाउन समस्या हुन थालेको समूहका सदस्य लोकबहादुर परियारले बताउनुभयो । बाजा समूहका लागि नयाँ बाजा र समूहको पोशाक आवश्यक रहेको उहाँले बताउनुभयो ।
“बाजाको माग भएका स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन जान्छौँ”, उहाँले भन्नुभयो, “बाजाको माग नभएका बेला घरमै सिलाइकटाइ गर्ने गरेका छौँ ।” बिहान कमाएर साँझ खानपर्ने बाध्यता रहेकाले नयाँ बाजागाजा थप गर्नसक्ने अवस्था नरहेको सदस्य लोकबहादुरले बताउनुभयो । रासस
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर