
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
वालिङ, १० असार । दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–८ बङ्रातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।
बङ्रातीका बाजा भनेपछि यसको छुट्टै महत्व र माग हुँदाहुँदै पनि नयाँ पुस्ताले यो पेसाप्रति रुचि नदेखाएकाले भोलिका दिनमा हराउँछ कि भन्ने चिन्ता बङ्राती कालिका बाजा समूहका अध्यक्ष दलबहादुर परियारको छ ।
“लगनका बेला र शुभकार्यमा नौमती बाजाको माग हुने गरेको छ”, उहाँले भन्नुभयो, “अरु बेला काम पाइँदैन, लगनका बेलामा मात्रै बाजा बजाएर दैनिक चल्ने कुरै भएन ।” बाजा बजाएर दैनिकी चलाउन गाह्रो हुने, नियमित आम्दानी नहुने, मेहनत अनुसारको पारिश्रमिक नपाइने भएकाले युवा पुस्ताले रुचि नदेखाएको उहाँले बताउनुभयो ।
“गाउँमा युवाको सङ्ख्या त अधिक छ, यो पेसाबाट आम्दानी कम हुने भएकाले टिक्न सक्ने अवस्था भएन, गाउँका अहिले करिब ३५–४० युवा वैदेशिक रोजगारीमा छन्, यहाँका युवाले बाजा बजाउने सीप नै नजानेका होइनन्”, उहाँले भन्नुभयो, “सीप त जानेका छन्, तर यसबाट भएको आम्दानीले घर खर्च चलाउनै मुस्किल भएपछि टिकिराख्न सकेनन् ।”
दिन तथा दूरीका हिसाबले नजिक तथा टाढाको दर फरक हुने गरेको समूहका सदस्य तुलवीर परियार बताउँदै नजिकदेखि टाढा तथा समयानुसार न्यूनतम रु २० देखि ४० हजारसम्म पारिश्रमिक लिने गरेको उहाँले बताउनुभयो । “अहिले बाजा समूहमा १२ जना ४०–४५ वा सोभन्दा माथिका मात्रै सहभागी छौँ”, उहाँले भन्नुभयो, “समूहमा युवा पुस्तालाई हिँडाउन सकेका छैनौँ, युवा बाजाभन्दा पनि वैदेशिक रोजगार वा अन्य व्यवसायतर्फ आकर्षित भएका छन् ।”
केही वर्ष पहिले गल्याङ नगरपालिकाले नौमती बाजा सेट उपलब्ध गराएको थियो । बाजा पुराना भएकाले बजाउन समस्या हुन थालेको समूहका सदस्य लोकबहादुर परियारले बताउनुभयो । बाजा समूहका लागि नयाँ बाजा र समूहको पोशाक आवश्यक रहेको उहाँले बताउनुभयो ।
“बाजाको माग भएका स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन जान्छौँ”, उहाँले भन्नुभयो, “बाजाको माग नभएका बेला घरमै सिलाइकटाइ गर्ने गरेका छौँ ।” बिहान कमाएर साँझ खानपर्ने बाध्यता रहेकाले नयाँ बाजागाजा थप गर्नसक्ने अवस्था नरहेको सदस्य लोकबहादुरले बताउनुभयो । रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन