News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य मनोरञ्जन

‘सुनन’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । स्वर्गीय आशिष तामाङलाई समर्पित गर्दै उनको सम्झनामा  ‘सुनन’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजुु’को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजुु’ र स्वर्गीय आशिष तामाङको रहेको छ।  यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियोमा प्रेमीले आफ्नी प्रेमिका प्रतिको प्रेम भाव प्रस्तुत गरेका छन्।  नायक आकाश श्रेष्ठ , उषा उप्रेती र प्रकाश जिसी फिचर्ड भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ।  टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्।  काजी बहादुर श्रेष्ठको लगानी रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल  ‘ जुजु क्रियशन’  मार्फत भिडियो सार्वजनिक गरिएको हो।

गीत संगीतमा अत्यन्त लगाव राख्ने प्रतिभाशाली कलाकार स्वर्गीय आशिष तामाङ प्रति श्रद्धां सुमन अर्पण गर्दै निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

प्रतिक्रिया