
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
काठमाडौं, १२ भदौ । चीनको तिब्बत क्षेत्रमा थुनिएर बनेको ताल पुनः फुटेसँगै नेपालका उत्तरी तथा मध्य क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलमा बनेको उक्त जलाशय फुटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालतर्फका भोटेकोशी र त्रिशूली नदी प्रणालीमा पर्ने देखिएको छ।
चिनियाँ जलस्रोत मन्त्रालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बिहीबारसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको उक्त तालबाट पानी बग्न थालेपछि नेपालतर्फ बाढीको उच्च जोखिम बढेको हो। नेपाल प्रहरीले एक आपतकालीन सूचना जारी गर्दै बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई तत्काल सुरक्षित स्थानतर्फ प्रस्थान गर्न अनुरोध गरेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको आधिकारिक जानकारी प्राप्त हुनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका सम्बन्धित निकायहरूमा समन्वय बढाइएको र तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित रहन सर्कुलर जारी गरिसकिएको जानकारी दिएका छन्। छोचेन र पुरेपू खोलाहरू सीमापारिबाट बग्दै नेपालतर्फ आएपछि भोटेकोशी र त्रिशूली नदीको रूपमा प्रवाहित हुने भएकाले तटीय क्षेत्रका जिल्लाहरूमा खतराको घण्टी बजेको छ।
यसैबीच, यसअघिका बाढी तथा विपद्का घटनाहरूबाट ठूलो मानवीय क्षति भएको पुष्टि भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशका ८ वटा जिल्लामा बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परिसकेको छ।
प्रहरी बुलेटिनअनुसार सबैभन्दा बढी चितवनमा १७८ जना र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको छ। त्यसैगरी, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव उद्धार टोलीले फेला पारेको छ।
तिब्बततर्फ पुनः ताल फुटेर बाढीको नयाँ जोखिम सिर्जना भएपछि प्रभावित क्षेत्रका सुरक्षा निकाय, स्थानीय प्रशासन र उद्धार टोलीलाई थप सतर्क गराइएको छ भने सर्वसाधारणलाई नदी किनारबाट टाढा रहन बारम्बार अपिल गरिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति