
१विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
३स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
४पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
५ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१०‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
११रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
काठमाडाैं । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ठूलो फड्को मारेका छन्।
एक साताअघि पहिलो पटक शीर्ष सय स्थानमा अटाएका लामिछाने बुधबारको नयाँ वरियतामा ९१ औं स्थानबाट १२ स्थान माथि उक्लँदै ७९ औं स्थानमा पुगेका हुन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शीर्ष एक सय भित्र पर्ने पहिलो र एकमात्र नेपाली खेलाडी हुन्।
वरियतामा सन्दिपसंगै ७९ औं स्थानमा बंगलादेशका फास्ट बलर रुबेल हुसेन रहेका छन्। नेपाली स्पिनरले भारतका हार्दिक पान्ड्यालाई समेत पछि पारेका छन् जो ८२ औं स्थानमा रहेका छन्। यस्तै सन्दिपले अस्ट्रेलियाका मिचेल मार्श(८४ ), मार्कस स्टोइनिस(८६), ओमानका जिशान मक्सुद(८६) र बिलाल खान(९०), नेदरल्याण्डका कायल जेमीसन(९७), वेस्टइन्डिजका ओशेन थोमसलाई(९६) पछि पारेका छन्।
वरियताको शीर्ष एक सय भित्र ब्याटिङ र बलिङतर्फ अन्य नेपाली खेलाडीले भने स्थान बनाउन सकेका छैनन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शीर्ष १०० भित्र पर्न सकेका थिएनन्।
ओमान भ्रमणमा जानु अघि वरियताको १२८ औं स्थानमा रहेका सन्दिपले पपुवा न्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः ४ र ६ गरि १० विकेट लिएका थिए। त्यसपछि ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको ३ खेलमा उनले ८ विकेट लिए। पहिलो खेलमा अमेरिकासँग २ विकेट लिएका उनले दोस्रो खेलमा स्वास्थ्यको समस्याले बलिङ गर्न सकेका थिएनन्।
त्यसपछि तेस्रो खेलमा अमेरिकाविरूद्ध २ विकेट लिएका उनले ओमानसँग चौंथो खेलमा ४ विकेट लिएका थिए। वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सन्दिपले १८ विकेट लिए। उनले यो वर्ष ६ खेल खेल्दा ५ इनिंग्समा बलिङ गर्दै १८ विकेट लिएका हुन्।
सन्दिप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटकर्ता हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा १५ इनिंग्समा बलिंग गर्दै ४१ विकेट तथा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिईसकेका छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा सन्दिप ८२ औं स्थानमा छन्।
वरियताको शीर्ष स्थानमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट छन्। यस्तै दोस्रोमा अष्ट्रेलियाका जोस हजलेउड् र तेस्रो स्थानमा अफगानिस्तानका मुजिव उर रहमान छन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति