
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडाैं । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ठूलो फड्को मारेका छन्।
एक साताअघि पहिलो पटक शीर्ष सय स्थानमा अटाएका लामिछाने बुधबारको नयाँ वरियतामा ९१ औं स्थानबाट १२ स्थान माथि उक्लँदै ७९ औं स्थानमा पुगेका हुन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शीर्ष एक सय भित्र पर्ने पहिलो र एकमात्र नेपाली खेलाडी हुन्।
वरियतामा सन्दिपसंगै ७९ औं स्थानमा बंगलादेशका फास्ट बलर रुबेल हुसेन रहेका छन्। नेपाली स्पिनरले भारतका हार्दिक पान्ड्यालाई समेत पछि पारेका छन् जो ८२ औं स्थानमा रहेका छन्। यस्तै सन्दिपले अस्ट्रेलियाका मिचेल मार्श(८४ ), मार्कस स्टोइनिस(८६), ओमानका जिशान मक्सुद(८६) र बिलाल खान(९०), नेदरल्याण्डका कायल जेमीसन(९७), वेस्टइन्डिजका ओशेन थोमसलाई(९६) पछि पारेका छन्।
वरियताको शीर्ष एक सय भित्र ब्याटिङ र बलिङतर्फ अन्य नेपाली खेलाडीले भने स्थान बनाउन सकेका छैनन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शीर्ष १०० भित्र पर्न सकेका थिएनन्।
ओमान भ्रमणमा जानु अघि वरियताको १२८ औं स्थानमा रहेका सन्दिपले पपुवा न्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः ४ र ६ गरि १० विकेट लिएका थिए। त्यसपछि ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको ३ खेलमा उनले ८ विकेट लिए। पहिलो खेलमा अमेरिकासँग २ विकेट लिएका उनले दोस्रो खेलमा स्वास्थ्यको समस्याले बलिङ गर्न सकेका थिएनन्।
त्यसपछि तेस्रो खेलमा अमेरिकाविरूद्ध २ विकेट लिएका उनले ओमानसँग चौंथो खेलमा ४ विकेट लिएका थिए। वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सन्दिपले १८ विकेट लिए। उनले यो वर्ष ६ खेल खेल्दा ५ इनिंग्समा बलिङ गर्दै १८ विकेट लिएका हुन्।
सन्दिप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटकर्ता हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा १५ इनिंग्समा बलिंग गर्दै ४१ विकेट तथा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिईसकेका छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा सन्दिप ८२ औं स्थानमा छन्।
वरियताको शीर्ष स्थानमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट छन्। यस्तै दोस्रोमा अष्ट्रेलियाका जोस हजलेउड् र तेस्रो स्थानमा अफगानिस्तानका मुजिव उर रहमान छन्।