
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
काठमाडौँ । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो ।
उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले बताएको हो ।
दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।
सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु अधिकांश दसैँ बिदामा घर आएका काठमाडौँलगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने विद्यार्थी रहेका बताइएको छ ।
मृत्यु हुनेमा १८ पुरुष र आठ महिला र दुई नबालक रहेका छन् भने चारजनाको सनाखत हुन बाँकी रहेको छ । प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमै मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम रहेका छन् ।
त्यस्तै १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका—८ का ३३ वर्षीया प्यारी बिक, सोही वडाका २२ वर्षीया सन्तोष बिटालु, सो नगरपालिका–१२ का २२ वर्षीया छारा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, सोही नगरपालिका—१० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढा रहेका छन् ।
त्यसैगरी सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा, ७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गााउँपालिका—३ का मनरुप कुमाई रहेका छन् । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार रहेका छन् ।
उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा लगिएका छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका—७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका—८ का २३ वर्षीय आइतसिंह कामी र छाँयानाथ रारा नगरपालिका—८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका—५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, सोही नगरपालिका—१ का २१ वर्षीय शुक्रराज मल्ल, ८ का २१ वर्षीय रतनसिंह रावल, ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल, १ की ९ वर्षीया सुस्मिता शाही, ८ कि २० वर्षीया सम्झना रावल, ११ की ३१ वर्षीया रेखा सावद, ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
नर्सिङ होम नेपालगञ्जमा छाँयानाथ रारा नगरपालिका—१३ की ७ वर्षीय सुजता बम, ११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका—३ की ६ वर्षीया भूमिका बुढाको उपचार भइरहेको छ । मृतकहरुको जिल्ला अस्पतालमा सनाखत भई शवपरीक्षणपछि दाहसंस्कारका लागि घरपरिवारलाई जिम्मा लगाइने तयारी भइरहेको प्रनाउ भट्टराईले बताए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने