
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
बागलुङ, ५ भदौ । बागलुङको काठेखोला गाउँपालिका–३ माझँकटेरामा सँगै ज्याला मजदुरी (लेबर) काम गर्ने साथीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका–६ घर भएका २५ वर्षीय अर्जुन घर्ती मगर र सोही नगरपालिका वडा नं. ५ घर भएका ३६ वर्षीय रिखे दमाई रहेका छन्। उनीहरूमाथि ढोरपाटन नगरपालिका–५ निवासी ३६ वर्षीय अशोक खत्रीको हत्या गरेको गम्भीर आरोप छ।
प्रहरीको अनुसन्धान अनुसार गत साउन २६ गते राति करिब ९ः४० बजेको समयमा काठेखोला–३ स्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका खत्रीमाथि अर्जुन घर्ती मगरले धारिलो चक्कु प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते भएका खत्रीको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको सूचना पाएसँगै सक्रिय बनेको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा उनीहरूलाई भाग्न नपाउँदै सोही दिन राति काठेखोला–३ धम्जा माझँकटेराबाटै नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानबाट यो जघन्य अपराध फोनमा भएको सामान्य भनाभनबाट सुरु भएको खुलेको छ। गत साउन २० गते स्थानीय देवेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने कामका लागि उनीहरू घरबाट हिँडेका थिए। बीचबाटोबाट अशोक खत्री घर फर्किए पनि अन्य दुई जना भने काममा पुगेका थिए। पछि साउन २४ गते अशोक पनि सोही स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए।
साउन २५ गते राति फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर उनीहरूबीच सामान्य झैझगडा भएको थियो। त्यसको भोलिपल्ट अर्थात् साउन २६ गते काम सकेर मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विवाद फेरि बल्झिएको र रिसको झोकमा घर्ती मगरले खत्रीमाथि चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ।
यता, यस दुःखद घटनाले एक परिवारको बिचल्ली बनाएको छ। मृतक खत्रीका १२, ९ र ७ वर्षका तीन छोरा छन् भने उनकी श्रीमती हाल गर्भवती छिन्। सम्पूर्ण परिवार मृतक खत्रीकै कमाइमा आश्रित रहँदै आएको थियो। घटनापछि मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिएकी छन्।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु र रगतले लतपतिएका कपडासमेत बरामद गरिसकेको छ। अदालतबाट म्याद थप अनुमति लिई पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले हाल थप अनुसन्धान अगाडि बढाइरहेको छ।