
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ ।
दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।
रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुँड्कामा ३६३ वायु गुणस्तर सूचक (एक्वुआई) रहेको समितिले जनाएको छ । यो सूचकले चार ओटै ठाउँको अवस्था अति प्रदुषित देखाएको अधिकारीहरुले जनाएका छन् ।
वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदुषित, ३०१ देखि ४०० सम्म अति प्रदुषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
केन्द्रीय प्रदुषण नियन्त्रण वोर्डले पनि नयाँदिल्लीको प्रदुषण नराम्रो दिशातर्फ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
प्रदुषण चिन्ताजक अवस्थामा पुग्न थालेपछि दिल्ली प्रदेश सरकारका वातावरणमन्त्री गोपाल राइले प्रदुषण न्यूनीकरणका लागि राजधानी क्षेत्रमा जनचेतनामूलक कार्यक्रम तत्काल शुरु गरिने घोषणा गर्नुभएको छ ।
सरकारी अधिकारीहरुले यसअघि गत शनिबार पनि नयाँदिल्लीको प्रदुषणको अवस्था नराम्रो हुँदै गएको जानकारी दिएका थिए । उनीहरुले त्यतिबेला नै वायु प्रदुषणको त्यतिबेलाको अवस्थामा आगामी दुई दिन अझ वृद्धि हुने पूर्वानुमान गरेका थिए ।
उनीहरुका अनुसार नयाँदिल्लीमा विशेष गरेर शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको पाइएको छ ।
नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ । (रासस/पिटिआई)