
१मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
मोरङ । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ । प्रदेश जनगणना कार्यालय विराटनगरका प्रमुख तीर्थराज बरालले उक्त कार्य थालिएको जानकारी दिए ।
विसं १९६८ मा पहिलो पटक सुरु भएको जनगणना यस पटकको १२औँ हो । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणना–२०७८ को नारा ‘मेरो गणना मेरा सहभागिता’ दिइएको छ ।राष्ट्रिय जगणनाकै आधारमा सरकारले योजना बनाउने र नागरिकलाई सेवासुविधा प्रदान गर्न पञ्चवर्षीय योजना बनाउने गरेको छ । सुपरीवेक्षकले स्थलगत रुपमा मुख्य परिवारको प्रमुखकोे नाम र परिवारको सङ्ख्याको सङ्कलन गर्नुका साथै गणना क्षेत्रको नक्शाङ्कन गर्र्ने छ । एक सुपरिवेक्षकले ९०० देखि देखि एक हजारसम्म परिवारको सूचीकरण गर्ने छन् ।
सुपरिवेक्षक स्थानीय बासिन्दा राखिएकाले सूचीकरण सहज र सरल हुनेछ । मोरङलाई जनगणनाका लागि दुई क्षेत्रमा विभाजन गरी कार्यालय राखीएको छ । दक्षिणी क्षेत्रको कार्यालय विराटनगरमा र उत्तरी क्षेत्रको कार्यालय बेलबारीमा छ ।
मोरङमा रहेको १७ स्थानीय निकायमध्ये (क) कार्यालयले दक्षिणी क्षेत्र अन्तर्गत सात स्थानीय निकायमा विराटनगर, कटहरी, जहदा, धनपालथान, सुनबर्र्षी, रङ्गेली, र रतुवामाईमा बसोबास गर्ने परिवारको लगत तथ्याङ्क सङ्कलन गर्ने छ । अन्य १० स्थानीय निकायको बेलबारी कार्यालयले गर्ने प्रमुख बरालले बताए।
दक्षिणी क्षेत्र अन्तर्गत पाँच स्थानीय जनगणना कार्यालय स्थापना गरी विराटनगर वडा नं १ देखि ८ सम्म र १९ वडाको लागि पहिलो, वडा नं ९ देखि १८ सम्मका लागि दोस्रो, कटहरी कार्यालय तेस्रोले कटहरी, जहदा र धनपालथान, रङ्गेली कार्यालय चौंथोले रङ्गेली र सुनबर्षी र रतुवामाई पाँचांैले रतुवामाई क्षेत्रको सूचीकरण र गणना गर्ने छ ।
प्रदेश जनगणना सम्वन्य समितिको संयोजकमा प्रदेशमा प्रमुख सचिव, जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय निकायमा प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । दक्षिण क्षेत्रका लागि नियुक्त १४० सुपरीवेक्षकले घरघर पुगेर परिवारको मुख्य मुख्य तथ्याङ्क सङ्कलन गर्ने छ ।
पहिलो चरणमा आउने सुपरिवेक्षकले घरको र घरमा अलग भान्सा गरी बस्दै आएका सबै परिवारको सूची तयार गर्नेछन् । उनीहरुले घरको प्रयोगसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गर्ने सबै महिला, पुरूष र अन्य लिङ्गीको सङ्ख्या, परिवारले कृषि तथा पशुपालन कार्य गरेको भएमा सो सम्बन्धी विवरण, बैंक तथा वित्तीय संस्थामा खाता भए नभएको, ऋण लिए नलिएको, चुक्ता भएको नभएको, व्यावसायिक शिक्षा तथा तालिम र सरकारी अनुदानबाट आवासीय घर निर्माण गरे नगरेको सम्बन्धमा प्रश्न सोध्नेछन् । सुपरिवेक्षक सूचीकरणमा सोधिने प्रश्नहरुको ३६ महल रहेको छ ।
जनगणनाले मुलुकको जनसङ्ख्याको आकार, बनावट, वितरण र वृद्धिसम्बन्धी सबै भन्दा पछिल्लो तथ्याङ्क उपलब्ध गराउछ भने यसबाट सबैभन्दा सानो प्रशासकीय एकाइ वडातहसम्मको लैङ्गिक तथा समावेसी तथ्याङ्क प्राप्त हुने भएकोले विकास निर्माणका काम तथा लक्षित कार्यक्रम तर्जुमा तथा सञ्चालन गर्न आवश्यक सूचना प्राप्त हुन्छ ।
प्राप्त तथ्याङ्कबाट बाटोघाटो, पुल, विद्यालय, उद्योग धन्दा, स्वास्थ्यसेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबास व्यवस्था, विकास बजेटको बाँडफाँट र मानवविकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने तथ्याङ्कसमेत जनगणनाबाट प्राप्त हुने भएकोले यसको ठूलो महत्व छ ।
संविधानमा व्यवस्था भएको मौलिक हक जस्तै, महिला, दलित, सामाजिक न्याय, आवास, बालबालिका लगायत अन्य हकको कार्यान्वयन गर्न र त्यसको मूल्याङ्कन गर्न, नागरिकको सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, सङ्घ, प्रदेश र स्थानीय तहमा वित्तीय स्रोत बाँडफाँटलगायतका कार्य गर्न जनगणनाबाट प्राप्त तथ्याङ्कको निकै महत्व हुन्छ ।
जनगणनाको लागि खट्ने गणकलाई आगामी कात्तिक १३ देखि १७ गतेसम्म तालिम दिइने भएको छ । मोरङको दक्षिण क्षेत्रमा ५६० गणककले तथ्याङ्क सङ्कलन गर्ने प्रमुख बरालले बताए। सुपरीवेक्षकले दिएको नक्शाङ्कन अनुसार एक गणकले २५० देखि ३०० परिवारको तथ्याङ्क सङ्कलन गर्ने छन् । गणकले पारिवारिक र व्यक्तिगत गरी दुई खण्डमा प्रश्न घरपरिवारलाई सोध्ने छन् ।
पारिवारिक प्रश्न अन्तर्गत घरको बनोट (भूइँ, जग, गारो, छानो), परिवारले प्रयोग गरेको खानेपानी, खाना पकाउने इन्धन र बत्तीको स्रोत, चर्पीको प्रकार तथा घरायसी सुविधा र साधन, महिलाका नामका घरजग्गा भए नभएको, परिवारले सञ्चालन गरेका साना घरेलु व्यवसाय, मृत्युसम्बन्धी र विदेश गएका व्यक्तिसम्बन्धी प्रश्न पर्दछन् ।
व्यक्तिगत प्रश्न अन्तर्गत परिवारमा अक्सर बसोबास गरिरहेका व्यक्तिको नाम, थर, उमेर, लिङ्ग, बालबालिकाको जन्मदर्ता र बसाइँको अवस्था, विवाह, जातजाति, भाषा, धर्म, शिक्षा, अपाङ्गता, जन्म, मृत्यु र बसाइँसराइ जस्ता जनसाख्यिक तथा सामाजिक विवरणका अतिरिक्त आर्थिक क्रियाकलापसम्बन्धी प्रश्न रहनेछन् । उनीहरुले दुई ठूला पानामा पारिवारिक अन्तर्गत १६ महल र व्यक्तिगत ३६ महलमा विभिन्न प्रश्न सोध्नेछन् । गणकबाट सङ्कलन गरेको विवरण केन्द्रीय तथ्याङ्क विभाग काठमाडौंँ पठाइने प्रमुख बरालले बताए ।
जनगणनामा सङ्कलित सबै विवरण गोप्य रहन्छ । विवरणको तथ्याङ्क ऐन, २०१५ र यस बमोजिम जारी भएको जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ ले व्यक्तिगत तथ्याङ्कको गोपनियताको सुनिश्चित गरेको छ । जनगणनाबाट प्राप्त तथ्याङ्क व्यक्तिगतरुपमा नभइ सामूहिकरुपमा मात्र प्रकाशन र प्रयोग गरिन्छ ।
सङ्घीय संरचनामा जनगणनाबाट प्राप्त हुने तथ्याङ्क सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको लागि आधारभूत तथ्याङ्कको स्रोत हुने र राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन आम प्रयोगकर्ताका लागि उपयोगी हुनेछ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय जगतले पनि जनगणनाको तथ्याङ्क प्रयोग गर्दछन् । यस वर्षको जनगणनाका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन