
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडाैं । बलिउडका बादशाह मानिने अभिनेता शाहरुख खान यस पटक ठूलो विवादमा फसेका छन्। ट्विटरमा उनका विरुद्ध कडा आलोचना भइरहेको छ। उनलाई बहिष्कार गर्ने विषय ट्रेन्डिङमा समेत आएको छ।
कोइमोइका अनुसार शाहरुख पाकिस्तानसँगको सम्बन्धका कारण आलोचित बनेका हुन्। शाहरुख र पाकिस्तानबीच सम्बन्ध रहेको र उनले बारम्बार भारतीयको धार्मिक भावनामाथि चोट पुर्याएको ट्विटर प्रयोगकर्ताको दाबी छ।
उनीहरुले ट्विटरमा शाहरुखका विगतका तस्बिर, समाचार र घटना पोस्ट गरेका छन् जसमा अभिनेता खानले पाकिस्तानी क्रिकेट खेलाडीलाई समर्थन गरेको र भारतबारे असहिष्णुता कुरा गरेको देखिन्छ।
उनीविरुद्ध गरिएका ट्विटमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र शाहरुख सँगै भएको फोटो, उनले भारतमा मुस्लिमलाई गरिने व्यवहारबारे बोलेका कुरा र केही मिमहरु छन्।
यी पोष्टमा हरेकले शाहरुखलाई बहिष्कार गर्नुपर्ने लेखेका छन्। यससँगै ट्विटर प्रयोगकर्ताले शाहरुखको आउँदो फिल्म पठानविरुद्ध पनि बोलेका छन्। उनीहरुका अनुसार अभिनेता अक्षय कुमार र अजय देवगनले भारतको इतिहासलाई आफ्ना फिल्ममार्फत् सकरात्मक रुपमा देखाइरहेका बेला शाहरुखका फिल्म त्यसको उल्टो हुने आरोप छ।
यता शाहरुखका ट्विटर फ्यानहरु भने उनको पक्षमा उभिएका छन्। शाहरुखका फिल्महरु चुनावी प्रचार वा कुनै विशेष समूहको स्वार्थका लागि नबनेको उनीहरु बताउँछन्। शाहरुखको आगामी फिल्म पठानमा अभिनेत्री दीपिका पादूकोणको पनि अभिनय छ।
उनीहरुसँगै फिल्ममा अभिनेता जोन अब्राहम र आशुतोष रानालाई देख्न सकिन्छ। यो फिल्मको बजेट लगभग दुईसय पचास करोड भारु छ। फिल्ममा अभिनेता सलमान खानलाई अथिति कलाकारको रुपमा पनि देख्न पाइने छ।