
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
लेखनाथ, १६ असोज । आगामी कार्तिक १३ देखि २३ गतेसम्म बेगनास ताल किनारमा आयोजना हुने बहुप्रतीक्षित ‘छैठौं संस्करणको बेगनास फिस फेस्टिभल’लाई भव्य रूपमा सफल बनाउन स्थानीय संघसंस्था तथा अगुवाहरूले ऐक्यबद्धता जनाएका छन्।
होटल एण्ड रेष्टुरेन्ट एशोसियसन लेखनाथको आयोजनामा सञ्चालन हुने यस महाउत्सवलाई लेखनाथको समग्र पर्यटन प्रवद्र्धनको साझा अभियान बनाउने उद्देश्यसहित स्थानीय तहबाट व्यापक सहभागिता र सक्रिय सहयोगको प्रतिबद्धता आएको हो।
महोत्सवको पूर्वतयारीस्वरूप आयोजित वृहत अन्तरक्रियात्मक भेलामा वक्ताहरूले यस क्षेत्रको पर्यटन विकास, सरसफाइ, प्रभावकारी जनशक्ति परिचालन, सांस्कृतिक झाँकी र्याली तथा मत्स्य प्रवद्र्धनलाई व्यवस्थित गर्न आआफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने अदीर्घकालीन संकल्प व्यक्त गरेका छन्।
भेलामा रामटोल नमुना आमा समूहकी अध्यक्ष देवका पौडेल, बेगनास ताल महिला समूहकी सल्लाहकार सीता कार्की, नमुना टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी कोइराला लगायतले महोत्सवलाई सफल बनाउन स्वयंसेवक परिचालन, सरसफाइ र स्थानीयस्तरको व्यवस्थापकीय जिम्मेवारी बहन गर्न आफूहरू तयार रहेको बताएका छन्। त्यस्तै, बेगनास ताल महिला समूहकी पूर्वअध्यक्ष शान्ति खनालले बेगनासको अपार पर्यटकीय सम्भावनालाई उजागर गर्न सबै संघसंस्थाले यसलाई आफ्नै घरको कार्यक्रमजस्तो ठानेर अपनत्व लिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा स्थानीयस्तरका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले रचनात्मक सुझावसहित आ–आफ्नो क्षेत्रबाट सहयोगको घोषणा गरेका छन्। मिलनसार तमु समाजका अध्यक्ष ईश्वर गुरुङले मत्स्य अनुसन्धान केन्द्रसँग समन्वय गरी माछाका नयाँ प्रजाति प्रदर्शन गर्न र झाँकी ¥यालीको संयोजन गर्न तयार रहेको बताए भने, डुङ्गा व्यवसायी समितिका अध्यक्ष नवराज बास्तोलाले संस्थागत र व्यक्तिगत रूपमा पूर्ण साथ रहने प्रतिबद्धता जनाए।
त्यसैगरी, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष राम थापा र दिपाङ ताल पूर्वाधार एवं संरक्षण समितिका अध्यक्ष हेमराज आचार्यले विगतका कमीकमजोरीबाट पाठ सिकेर व्यवस्थापनलाई थप चुस्त बनाउनुपर्ने धारणा राखे। जलेश्वर शिव मन्दिरका अध्यक्ष तथा बेगनास बाराही आरती समितिका अध्यक्ष राममणि अधिकारीले कार्यक्रमस्थल, स्रोतसाधन र समन्वयमा कुनै कमी हुन नदिने बताए भने बेगनास युवा क्लबका सचिव विज्ञान कोइरालाले महोत्सव सञ्चालनका लागि आवश्यक सचिवालय उपलब्ध गराउने घोषणा गरे।
भेलामा उठेका विभिन्न जिज्ञासा र सुझावहरूको सहजीकरण गर्दै फेस्टिभलका निर्देशक तथा एशोसियसनका पूर्वअध्यक्ष दुर्गा प्रसाद अधिकारीले स्थानीयको यो बलियो साथले महोत्सवलाई ऐतिहासिक बनाउने विश्वास व्यक्त गरे। पूर्वअध्यक्ष अधिकारीले लेखनाथको पर्यटन विकासमा यस्ता महोत्सवहरु कोशेढुंगा सावित हुने आशा व्यक्त गरे ।
होटल एण्ड रेष्टुरेन्ट एशोसियसन लेखनाथका अध्यक्ष शुरेस लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन महासचिव शक्ति श्री कोइरालाले गरेकी थिइन्। मुख्य राजमार्गदेखि बेगनास तालसम्मका गतिविधिलाई जोड्दै महोत्सवलाई बृहत् रूप दिने तयारी भइरहेसँगै स्थानीयको यस प्रकारको सक्रिय सहभागिताले पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको छ।