
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
लेखनाथ, १६ असोज । आगामी कार्तिक १३ देखि २३ गतेसम्म बेगनास ताल किनारमा आयोजना हुने बहुप्रतीक्षित ‘छैठौं संस्करणको बेगनास फिस फेस्टिभल’लाई भव्य रूपमा सफल बनाउन स्थानीय संघसंस्था तथा अगुवाहरूले ऐक्यबद्धता जनाएका छन्।
होटल एण्ड रेष्टुरेन्ट एशोसियसन लेखनाथको आयोजनामा सञ्चालन हुने यस महाउत्सवलाई लेखनाथको समग्र पर्यटन प्रवद्र्धनको साझा अभियान बनाउने उद्देश्यसहित स्थानीय तहबाट व्यापक सहभागिता र सक्रिय सहयोगको प्रतिबद्धता आएको हो।
महोत्सवको पूर्वतयारीस्वरूप आयोजित वृहत अन्तरक्रियात्मक भेलामा वक्ताहरूले यस क्षेत्रको पर्यटन विकास, सरसफाइ, प्रभावकारी जनशक्ति परिचालन, सांस्कृतिक झाँकी र्याली तथा मत्स्य प्रवद्र्धनलाई व्यवस्थित गर्न आआफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने अदीर्घकालीन संकल्प व्यक्त गरेका छन्।
भेलामा रामटोल नमुना आमा समूहकी अध्यक्ष देवका पौडेल, बेगनास ताल महिला समूहकी सल्लाहकार सीता कार्की, नमुना टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी कोइराला लगायतले महोत्सवलाई सफल बनाउन स्वयंसेवक परिचालन, सरसफाइ र स्थानीयस्तरको व्यवस्थापकीय जिम्मेवारी बहन गर्न आफूहरू तयार रहेको बताएका छन्। त्यस्तै, बेगनास ताल महिला समूहकी पूर्वअध्यक्ष शान्ति खनालले बेगनासको अपार पर्यटकीय सम्भावनालाई उजागर गर्न सबै संघसंस्थाले यसलाई आफ्नै घरको कार्यक्रमजस्तो ठानेर अपनत्व लिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा स्थानीयस्तरका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले रचनात्मक सुझावसहित आ–आफ्नो क्षेत्रबाट सहयोगको घोषणा गरेका छन्। मिलनसार तमु समाजका अध्यक्ष ईश्वर गुरुङले मत्स्य अनुसन्धान केन्द्रसँग समन्वय गरी माछाका नयाँ प्रजाति प्रदर्शन गर्न र झाँकी ¥यालीको संयोजन गर्न तयार रहेको बताए भने, डुङ्गा व्यवसायी समितिका अध्यक्ष नवराज बास्तोलाले संस्थागत र व्यक्तिगत रूपमा पूर्ण साथ रहने प्रतिबद्धता जनाए।
त्यसैगरी, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष राम थापा र दिपाङ ताल पूर्वाधार एवं संरक्षण समितिका अध्यक्ष हेमराज आचार्यले विगतका कमीकमजोरीबाट पाठ सिकेर व्यवस्थापनलाई थप चुस्त बनाउनुपर्ने धारणा राखे। जलेश्वर शिव मन्दिरका अध्यक्ष तथा बेगनास बाराही आरती समितिका अध्यक्ष राममणि अधिकारीले कार्यक्रमस्थल, स्रोतसाधन र समन्वयमा कुनै कमी हुन नदिने बताए भने बेगनास युवा क्लबका सचिव विज्ञान कोइरालाले महोत्सव सञ्चालनका लागि आवश्यक सचिवालय उपलब्ध गराउने घोषणा गरे।
भेलामा उठेका विभिन्न जिज्ञासा र सुझावहरूको सहजीकरण गर्दै फेस्टिभलका निर्देशक तथा एशोसियसनका पूर्वअध्यक्ष दुर्गा प्रसाद अधिकारीले स्थानीयको यो बलियो साथले महोत्सवलाई ऐतिहासिक बनाउने विश्वास व्यक्त गरे। पूर्वअध्यक्ष अधिकारीले लेखनाथको पर्यटन विकासमा यस्ता महोत्सवहरु कोशेढुंगा सावित हुने आशा व्यक्त गरे ।
होटल एण्ड रेष्टुरेन्ट एशोसियसन लेखनाथका अध्यक्ष शुरेस लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन महासचिव शक्ति श्री कोइरालाले गरेकी थिइन्। मुख्य राजमार्गदेखि बेगनास तालसम्मका गतिविधिलाई जोड्दै महोत्सवलाई बृहत् रूप दिने तयारी भइरहेसँगै स्थानीयको यस प्रकारको सक्रिय सहभागिताले पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई