
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
♦गोपालप्रसाद बराल♦
मिथिलामा चाडपर्व विशेषका लोक परम्परा र संस्कृति अब बिरानो बनेका छन् । गाउँ नगर बस्तीमा नौरथ (नवरात्र) लागेको छनक दिने ‘ढोल’ बज्न छाडेको दुई दशकभन्दा बढी भइसकेको छ । त्यस्तै नवरात्रका बेला मध्यरातमा गाउँ नगर बस्तीमा रौनक ल्याउने झिझिया नाच देखिन छोडेको पनि धेरै भइसकेको छ ।
“न ढोल बाजल, न झिझिया के नाचदिखाइय, दशहारा आयल बुझाइए न रहलअई” (न ढोल बज्यो, न झिझिया नाच नै देखिन्छ, खोइ दशैँ आएजस्तो नै लाग्दैन) महोत्तरीसहितका मिथिलामा दशैँ पर्वको नवरात्र शुरु भएसँगै बस्तीका घर घरैजसो ‘दशैँ के ढोल’ भन्दै चमार (मधेशको एक जाति समुदाय विशेष, जुन समुदायले दशैँ शुरु भएपछि बस्तीभरि ‘ढोल’बजाएर हिँड्ने गर्थे) नाइकेले बजाउने ढोल र राति महिलाले सामूहिक रुपमा गीत गाउँदै नाचिने ‘झिझिया’ देख्न छाडिएपछि नरमाइलो मान्दै महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ७५ वर्षीय नथुनी महतोले मनको बह पोख्नुभयो ।
दशैँ पर्वको घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दशैँ के ढोल’ भनेर कराउँदै हिँड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गर्थे र खुब रमाउँथे । अहिले ती दृश्यहरु देखिनै छोडेको छ । जसका कारण पुरानो पुस्ताका नागरिक दशैँको पुरानो रौनक नहुँदा निराशा थपिदिएको बताउने गर्दछन् । उनीहरु आफ्ना पालाको दशैँ त अब दन्त्य कथाजस्तै भएको बताउने गर्दछन् । महतो भन्नुहुन्छ “दशैँका पुराना परम्पराहरु अब स्मृतिमा मात्र छन्, त्यस खालको वातावरण नै देखिँदैन ।”
त्यसैगरी नवरात्र शुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने ‘झिझिया’ गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाहरुको समूह पनि अब देखिन छाडेको छ । ‘तोहरे लागि झिझिया बनैलीहो बरम बाबा…!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडादशैँ पर्वमा मिथिलानी (मिथिलाका नारी) हरुले सुरिलो भाखामा गाउँदै फनफनी आपूmलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मिथिलाञ्चलबाट हराउँदै गएको महतोसहितका पाका मैथिल –मिथिलाका बासिन्दा) को चिन्ता बढेको हो ।
गाउँ नगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले परम्परा नअँगालेपछि मिथिलाका गाउँ नगर बस्तीमा अब दशैँको ढोल बज्न छाडेको हो । “कि करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा÷पोता ढोल बजावनइचाहैय, कि करु ?”(के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा नाति ढोल बजाउन चाहँदैनन्, के गरौ ?) भङ्गाहा नगरपालिका–५ सीतापुरको धतिया टोलका ६५ बर्षीय चमार समुदायका अगुवा रामखेलावन महरा चमारले भन्नुभयो । दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब राष्ट्र जान थालेपछि पुख्र्यौली प्रचलन, परम्परा र पेशा धान्न नै गाह्रो भएको चमार जातिका पाका उमेरका अगुवा बताउँछन् ।
त्यसैगरी असुर प्रवृत्ति बिरुद्घ सात्विक प्रवृत्ति र असत्यमाथि सत्यको बिजयका रुपमा मनाइने दशैँ पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । ‘‘दशैँ लागेपछि प्रत्येक रात बस्तीका महिलाहरु सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ” महोत्तरी जिल्लाकै गौशाला नगरपालिका–१२ का ७० वर्षीय लक्ष्मीमहतोले भन्नुभयो “अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको छ ।” डिस्को बाजासँगै कर्कस स्वरमा गाउँनगर बस्तीमा सुनिने गीतप्रति महतोले ब्यङ्ग्य गर्नुभयो ।

तस्विरः साभार इन्टरनेट
अघि सत्य युगमा देबी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा दशैँ लागेपछि टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिन सक्ने विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीहरुले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिने
गरिएको छ । असङ्ख्य स–साना प्वाल पारिएको माटोको गाग्रो (घैंटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन् ।
“हुनत यो पुरानो विश्वासको परम्परा हो” जिल्लाको सुदुर दक्षिणी भारतीय सीमावर्ती मनरा शिशवा नगरपालिकाका उपप्रमुख रमिला प्रधानले भन्नुभयो “तर मिथिला संस्कृतिको अभिन्न अङ्ग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ ।” तान्त्रिक बिधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनिसकेको उपप्रमुख प्रधान चिन्ता ब्यक्त गर्नुहुन्छ ।
मिथिलामा हराउँदै गएको यो संस्कृतिलाई केही वर्षयता गैरसरकारी सामाजिक सङ्घ संस्थाहरुले यदाकदा देखाउने गरेका भए पनि यहाँका स्थानीयहरुको मनबाट भने हराउँदै गएको यहाँका बुद्धिजीवीको भनाइ छ । “यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो” महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण बिद्यापिठ (संस्कृत क्याम्पस) का उपप्राध्यापक ध्रुव राय भन्नुहुन्छ “गैर सरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो परम्परा जोगाउान गाह्रो छ, जनताले नै प्रयोगमा ल्याएर थेग्न सक्नुपर्छ ।”
मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिएको झिझिया गीतको नृत्यलाई जिवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहल कदमी लिनुपर्ने रायसहितका बुद्धिजीवीको सुझाव छ । अब झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिष्कृत गर्नुपर्ने महिला मुक्ति आन्दोलनका अगुवा बताउँछन् । “झिझियाको पुरानो लोकपरम्परा र संस्कृति जगेर्ना आवश्यक छ” समाजमा ब्याप्त लैङ्गिक बिभेद बिरुद्ध निरन्तर सचेतना अभियानमा सक्रिय रहेकी महोत्तरीकै सुदुर दक्षिणी भारतीय सीमावर्ती सम्सी गाउँपालिकाको गैढा भेटपुरकी बासिन्दा रेखा झाले भन्नुभयो “तर अब झिझिया गीतमा विषय बस्तु अहिलेको परिवेशका समेट्नु पर्दछ ।”
पछिल्ला केही वर्षयता झिझिया नृत्यलाई निरन्तरता दिँदै आएकी बर्दिवास–२ की ५० वर्षीया कामिनी कर्ण रहर गरे पनि साथी नथपिएपछि यसपालि झिझियालाई निरन्तरता दिन नसकेको बताउन हुन्छ । “नयाँ पुस्ताका युवा छोरी–चेलीहरु वास्ता गर्दैनन्” कर्णले भन्नुभयो “अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरी सुनाउने स्थिति भइसक्यो ।”यद्यपी, सो बस्तीकै रश्मी, निभा र बिमलासहितका नयाँ पुस्ताका युवा मिथिलानी भने यो पुरानो मिथिला संस्कृति जोगाउन अब आपूmहरु लागि पर्ने बताउनुहुन्छ ।
यसपाली कोविड–१९ सङ्क्रमण जोखिमले यस्ता गतिबिधि सघन उपस्थितिमा गर्न डरमर्दो छ । तर ‘ढोल’ बजाउने काम एकजनाले मात्र गर्ने र झिझियामा पनि ओरीपरीका दुई चार महिलाले गाउन नाच्न भने सक्ने स्थिति नभएको पाका मैथिल बताउँछन् । यसरी एकातर्फ यहाँका पुराना परम्पराहरु मेटिँदैछन् भने अर्कातर्फ यसवर्षको दशैँलाई ठूलो चाड या महोत्सवका रुपमा मनाउन सकिने अवस्था छैन । नेपालीहरुको महान पर्व दशैँलाई पनि महामारीको त्रासले सताएको छ । रासस
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ