
१कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
२सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
५महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
६‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
७पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
८चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
९मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
११मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
गुरुदत्त शर्मा दवाडी
मेरो तीनपुस्ताको राजनीतिक विरासत र समाजसेवामा कलम चलाउने जमर्को गरे मेरो पहिलो पुस्ता स्वर्गीय निलकण्ठ दवाडी (बैदार) नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिमण्डलका मन्त्री स्व.मिनबहादुर गुरुङको लेखनदास हालको स्वकीय सचिव (पिए) को भूमिका निर्वाह गर्नु भएको थियो । साथै उहाँ तत्कालीन समयको शिक्षाप्रेमी व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँले विभिन्न ठाउँमा अध्यापन गर्नुभएको साथै विद्यालयहरू पनि स्थापना गर्नुभएको इतिहास पाइन्छ । त्यसै मध्येको आधिकारीक रुपमा हालको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत रहेका गौरीशंकर मनिलाल मा.वि. सैदीखोला र अन्नपूर्ण आधारभूत विद्यालय कालीमाटी आजभन्दा करिब ६५ वर्ष अगाडि बाँस, चित्रले बारेर हाल भएको ठाउँमा शुभारम्भ एवम् पठनपाठन गर्नुभएको थियो ।
मेरो हजुरबुबा निलकण्ठ दवाडीको योगदानको बारेमा त्यस क्षेत्रका पुराना व्यक्तित्वहरूले भन्नु भएको साथै मेरो बुबा स्व.देवीप्रसाद दवाडीले पनि बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो । त्यसै मध्येका कास्कीकोट बासी हाल पोखरा ५ निवासी वरिष्ठ सामाजिक व्यक्तित्व समाजसुधारक एवम् शिक्षाप्रेमी आदरणीय हजुरबुबा वेदनिधि शर्मा अधिकारी उमेरले ८६ वर्षको हुनुहुन्छ उहाँले पनि नाताले भिनाजु निलकण्ठ दवाडीले स्थापना गर्नुभएको विद्यालयमा मैले पनि केही वर्ष अगाडि महायज्ञ लगाउन सहयोग गरेको थिए भन्नुहुन्छ । त्यसैगरी त्यस क्षेत्रका हालका जनप्रतिनिधि रामहरी गुरुङसँग पनि मैले प्रत्यक्ष भेटघाट गरेर भलाकुसारी गरेको थिए । हाल एक विद्यालय उहाँको बुबा समाजसेवी एवम् शिक्षाप्रेमी मनिलालको नाममा नामाकरण भएको छ ।
यसैवर्ष स्वर्गारोहण हुनुभएका मेरो पिता देवी प्रसाद दवाडी पनि नेपाली कांग्रेस राजनीतिमा अन्धभक्त हुनुहुन्थ्यो । उहाँले पनि राजनीतिको नाममा कुनै फाइदा लिनु भएन हामीहरुलाई पनि स्वाभिमान बन्न सिकाउनु भयो । मेरो पिताले पनि समाजसेवाको महानकार्यको रुपमा कास्कीकोटमा नेपाल सरकार जनसंख्या तथा स्वास्थ्य मन्त्रालयलाई १५ शैयाको अस्पताल बनाउने शर्तमा भूमि दान गर्नुभएको थियो । उहाँ धनले धनी भएर होइन कि मनको धनी भएर भूमि दान गर्नुभएको थियो । हाल उक्त स्थानमा केबल स्वास्थ्य चौकी बनेको छ, व्यवस्थित हुन छैन । भनाई र गराइ मिलिरहेको छैन । यसर्थ यसको स्तरोन्नति गर्नको लागि यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, सरोकारवाला, जनप्रतिनिधि सर्वसाधारण सबैले चासो लिई सुविधा सम्पन्न स्वास्थ्य सेवा केन्द्रको रुपमा विकसित हुनेछ अनि मात्र हामी जग्गादातालाई पनि गरेको दानबाट पूर्ण रुपमा सन्तुष्टि दिनेछ ।
सायद यही दुई पुस्ताको राजनीतिक बिरासत एवम् समाजसेवाले तेस्रो पुस्ताका हामी तीन दाजुभाई, म, बिमलराज दवाडी, रमेशराज दवाडी र दुई बहिनी यमुना अधिकारी र शान्ति भण्डारी नेपाली कांग्रेस छत्रछायाँ र समाजसेवाको भावनाबाट हुर्कियौँ । मेरो राजनीतिक चेतना घर परिवारबाटै भएको हो । वि.सं. २०४२ सालको राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारको पछिपछि बाल्यकालमा दौडिएको सम्झना आउँछ । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि विद्यालय पढ्दै गर्दा नेविसंघको राजनीतिमा संलग्न हुँदै विश्वविद्यालयको राजनीतिमा पनि आफूलाई सक्रिय बनाइरहे । राजनीतिक आस्थाकै आधारमा मेरो मा.वि. दरबन्दीको शिक्षकको जागिर वि.सं. २०५९ सालमा खोसिएको थियो । मैले आफ्नै पार्टी पंक्तिबाट न्याय पाइन । साथै मैले विक्रम सम्वत् २०६० साल देखि पार्टीको क्रियाशिल सदस्यतामा रही आफ्नो भूमिका निर्वाह गरेको छु । त्यसपछि रोजीरोटीका लागि निजी विद्यालयमा अध्यापनमा लागे र वर्तमान पनि निजी विद्यालयमा नै कार्यरत छु । मैले वर्तमान समयसम्म पार्टीबाट कुनै लाभ लिएको छैन ।
मलाई जहाँ पनि विपक्षी पार्टी समूहले चिन्ने र अनावश्यक दुःख दिने प्रवृत्ति पटक पटक भोगेकै हो । म आफ्नो राजनीतिक आस्थाबाट विचलित भइन् तर आफ्नै पार्टी वा कांग्रेसजनहरुबाट नचिनिने बेवास्तामा पर्ने भईनैं रहे । म पार्टीमा रहेर पार्टी र देश जनताको हितमा नै समर्पित हुने हो । निजी विद्यालयमा कार्यरत शिक्षक एवम् कर्मचारीहरुको हकहितका लागि संयुक्त रुपमा डेमोक्रेट र कम्युनिष्टहरुको संयुक्त प्रयासमा स्थापित इस्टु (ISTU) को वि.सं. २०७० सालमा कास्की जिल्ला अध्यक्षको भूमिका रहे धेरै साथीहरुलाई समेट्ने प्रयास पनि गरे । पछिल्लो समयमा डेमोक्रेट साथीहरुको पहलमा विशेषगरी भोलानाथ चालिसेको सक्रियतामा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक अध्यापक (शिक्षक संघ) गण्डकी प्रदेशको अध्यक्षको भूमिका रहेको छु । केन्द्रिय अध्यक्षमा भोलानाथ चालिसे सर अन्य साथीहरु यसको अस्तित्वका लागि अनवरत लागि रहनुभएको छ ।
मैले यहाँ एउटा उखान स्मरण गर्न चरितार्थ ठाने १२ वर्षमा खोलो फर्किन्छ तर मेरा लागि दुई १२ वर्ष भन्दा बढी लाग्यो । अहिले पार्टी पंक्तिबाट मेरो योगदानलाई कदर गर्दै शिक्षा तथा प्रविधि मन्त्रालय शिक्षा विभाग गण्डकी प्रदेश संयोजक शोभा अधिकारी, पार्टी सभापति शुक्रराज शर्माले प्रदेश शिक्षा विभाग सदस्यमा मनोनयन गर्नु भएकोले उहाँहरूप्रति उच्च आदर एवम् सम्मान व्यक्त गर्दछु । त्यसैगरी नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक अध्यापक संघ (निस्टा) अध्यक्ष भोलानाथ चालिसे साथै मलाई प्रत्यक्ष परोक्ष सहयोग एवम् सहकार्य गर्ने सम्पूर्णजनहरुप्रति आभार व्यक्त गर्दछु । मेरो शिक्षण क्षेत्रको योगदान सँगै यसै वर्ष म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट “राष्ट्रिय शिक्षा पुरस्कार २०८१” साथै अन्तर्राष्ट्रिय अवार्ड “Asia’s Outstanding Academician Award” 2024 AD बाट पनि सम्मानित हुने अवसर प्राप्त गरे । मेरो २५ वर्षको अध्ययन एवम् २५ वर्षको शिक्षण अनुभव पार्टीको जिम्मेवारी एवम् मुलुकको शिक्षा नीतिमा सदुपयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु । पितृको आर्शिवाद सधै नै प्राप्त भइरहोस् । जय नेपाल ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने