
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
३‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
४जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
५नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
६विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
७अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
८स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
९जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१०नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
११‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
१२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
९पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१२आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
गुरुदत्त शर्मा दवाडी
मेरो तीनपुस्ताको राजनीतिक विरासत र समाजसेवामा कलम चलाउने जमर्को गरे मेरो पहिलो पुस्ता स्वर्गीय निलकण्ठ दवाडी (बैदार) नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिमण्डलका मन्त्री स्व.मिनबहादुर गुरुङको लेखनदास हालको स्वकीय सचिव (पिए) को भूमिका निर्वाह गर्नु भएको थियो । साथै उहाँ तत्कालीन समयको शिक्षाप्रेमी व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँले विभिन्न ठाउँमा अध्यापन गर्नुभएको साथै विद्यालयहरू पनि स्थापना गर्नुभएको इतिहास पाइन्छ । त्यसै मध्येको आधिकारीक रुपमा हालको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत रहेका गौरीशंकर मनिलाल मा.वि. सैदीखोला र अन्नपूर्ण आधारभूत विद्यालय कालीमाटी आजभन्दा करिब ६५ वर्ष अगाडि बाँस, चित्रले बारेर हाल भएको ठाउँमा शुभारम्भ एवम् पठनपाठन गर्नुभएको थियो ।
मेरो हजुरबुबा निलकण्ठ दवाडीको योगदानको बारेमा त्यस क्षेत्रका पुराना व्यक्तित्वहरूले भन्नु भएको साथै मेरो बुबा स्व.देवीप्रसाद दवाडीले पनि बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो । त्यसै मध्येका कास्कीकोट बासी हाल पोखरा ५ निवासी वरिष्ठ सामाजिक व्यक्तित्व समाजसुधारक एवम् शिक्षाप्रेमी आदरणीय हजुरबुबा वेदनिधि शर्मा अधिकारी उमेरले ८६ वर्षको हुनुहुन्छ उहाँले पनि नाताले भिनाजु निलकण्ठ दवाडीले स्थापना गर्नुभएको विद्यालयमा मैले पनि केही वर्ष अगाडि महायज्ञ लगाउन सहयोग गरेको थिए भन्नुहुन्छ । त्यसैगरी त्यस क्षेत्रका हालका जनप्रतिनिधि रामहरी गुरुङसँग पनि मैले प्रत्यक्ष भेटघाट गरेर भलाकुसारी गरेको थिए । हाल एक विद्यालय उहाँको बुबा समाजसेवी एवम् शिक्षाप्रेमी मनिलालको नाममा नामाकरण भएको छ ।
यसैवर्ष स्वर्गारोहण हुनुभएका मेरो पिता देवी प्रसाद दवाडी पनि नेपाली कांग्रेस राजनीतिमा अन्धभक्त हुनुहुन्थ्यो । उहाँले पनि राजनीतिको नाममा कुनै फाइदा लिनु भएन हामीहरुलाई पनि स्वाभिमान बन्न सिकाउनु भयो । मेरो पिताले पनि समाजसेवाको महानकार्यको रुपमा कास्कीकोटमा नेपाल सरकार जनसंख्या तथा स्वास्थ्य मन्त्रालयलाई १५ शैयाको अस्पताल बनाउने शर्तमा भूमि दान गर्नुभएको थियो । उहाँ धनले धनी भएर होइन कि मनको धनी भएर भूमि दान गर्नुभएको थियो । हाल उक्त स्थानमा केबल स्वास्थ्य चौकी बनेको छ, व्यवस्थित हुन छैन । भनाई र गराइ मिलिरहेको छैन । यसर्थ यसको स्तरोन्नति गर्नको लागि यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, सरोकारवाला, जनप्रतिनिधि सर्वसाधारण सबैले चासो लिई सुविधा सम्पन्न स्वास्थ्य सेवा केन्द्रको रुपमा विकसित हुनेछ अनि मात्र हामी जग्गादातालाई पनि गरेको दानबाट पूर्ण रुपमा सन्तुष्टि दिनेछ ।
सायद यही दुई पुस्ताको राजनीतिक बिरासत एवम् समाजसेवाले तेस्रो पुस्ताका हामी तीन दाजुभाई, म, बिमलराज दवाडी, रमेशराज दवाडी र दुई बहिनी यमुना अधिकारी र शान्ति भण्डारी नेपाली कांग्रेस छत्रछायाँ र समाजसेवाको भावनाबाट हुर्कियौँ । मेरो राजनीतिक चेतना घर परिवारबाटै भएको हो । वि.सं. २०४२ सालको राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारको पछिपछि बाल्यकालमा दौडिएको सम्झना आउँछ । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि विद्यालय पढ्दै गर्दा नेविसंघको राजनीतिमा संलग्न हुँदै विश्वविद्यालयको राजनीतिमा पनि आफूलाई सक्रिय बनाइरहे । राजनीतिक आस्थाकै आधारमा मेरो मा.वि. दरबन्दीको शिक्षकको जागिर वि.सं. २०५९ सालमा खोसिएको थियो । मैले आफ्नै पार्टी पंक्तिबाट न्याय पाइन । साथै मैले विक्रम सम्वत् २०६० साल देखि पार्टीको क्रियाशिल सदस्यतामा रही आफ्नो भूमिका निर्वाह गरेको छु । त्यसपछि रोजीरोटीका लागि निजी विद्यालयमा अध्यापनमा लागे र वर्तमान पनि निजी विद्यालयमा नै कार्यरत छु । मैले वर्तमान समयसम्म पार्टीबाट कुनै लाभ लिएको छैन ।
मलाई जहाँ पनि विपक्षी पार्टी समूहले चिन्ने र अनावश्यक दुःख दिने प्रवृत्ति पटक पटक भोगेकै हो । म आफ्नो राजनीतिक आस्थाबाट विचलित भइन् तर आफ्नै पार्टी वा कांग्रेसजनहरुबाट नचिनिने बेवास्तामा पर्ने भईनैं रहे । म पार्टीमा रहेर पार्टी र देश जनताको हितमा नै समर्पित हुने हो । निजी विद्यालयमा कार्यरत शिक्षक एवम् कर्मचारीहरुको हकहितका लागि संयुक्त रुपमा डेमोक्रेट र कम्युनिष्टहरुको संयुक्त प्रयासमा स्थापित इस्टु (ISTU) को वि.सं. २०७० सालमा कास्की जिल्ला अध्यक्षको भूमिका रहे धेरै साथीहरुलाई समेट्ने प्रयास पनि गरे । पछिल्लो समयमा डेमोक्रेट साथीहरुको पहलमा विशेषगरी भोलानाथ चालिसेको सक्रियतामा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक अध्यापक (शिक्षक संघ) गण्डकी प्रदेशको अध्यक्षको भूमिका रहेको छु । केन्द्रिय अध्यक्षमा भोलानाथ चालिसे सर अन्य साथीहरु यसको अस्तित्वका लागि अनवरत लागि रहनुभएको छ ।
मैले यहाँ एउटा उखान स्मरण गर्न चरितार्थ ठाने १२ वर्षमा खोलो फर्किन्छ तर मेरा लागि दुई १२ वर्ष भन्दा बढी लाग्यो । अहिले पार्टी पंक्तिबाट मेरो योगदानलाई कदर गर्दै शिक्षा तथा प्रविधि मन्त्रालय शिक्षा विभाग गण्डकी प्रदेश संयोजक शोभा अधिकारी, पार्टी सभापति शुक्रराज शर्माले प्रदेश शिक्षा विभाग सदस्यमा मनोनयन गर्नु भएकोले उहाँहरूप्रति उच्च आदर एवम् सम्मान व्यक्त गर्दछु । त्यसैगरी नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक अध्यापक संघ (निस्टा) अध्यक्ष भोलानाथ चालिसे साथै मलाई प्रत्यक्ष परोक्ष सहयोग एवम् सहकार्य गर्ने सम्पूर्णजनहरुप्रति आभार व्यक्त गर्दछु । मेरो शिक्षण क्षेत्रको योगदान सँगै यसै वर्ष म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट “राष्ट्रिय शिक्षा पुरस्कार २०८१” साथै अन्तर्राष्ट्रिय अवार्ड “Asia’s Outstanding Academician Award” 2024 AD बाट पनि सम्मानित हुने अवसर प्राप्त गरे । मेरो २५ वर्षको अध्ययन एवम् २५ वर्षको शिक्षण अनुभव पार्टीको जिम्मेवारी एवम् मुलुकको शिक्षा नीतिमा सदुपयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु । पितृको आर्शिवाद सधै नै प्राप्त भइरहोस् । जय नेपाल ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने