
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन गरिएको छ । निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो । कोभिड–१९ को विषम स्थितिले गर्दा संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो । अब भने मूर्ति स्थायी संरचनामा ठडिइसकेका छन् । त्यहाँ १५ वटै मूर्तिलाई अलग–अलग ठाउँमा प्रतिस्थापन गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आयोजनामा गत फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा १० देशका १५ कलाकारले मूर्ति कुँदेका थिए ।
मूर्ति प्रतिस्थापनका लागि पहिल्यै काम थालिएको भएपनि दक्ष श्रमिक र प्राविधिकको अभावले ढिलो भएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो ।
कार्यशालाका संयोजक एवं मूर्तिकार ओम खत्रीले मूर्तिको प्रतिस्थापन भइसकेकाले अब मूर्तिको शीर्षक दिने, विवरण राख्ने र साजसज्जाको काम बाँकी रहेको बताउनुभयो ।
कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । विस्तारै स्थिति सामान्य हुँदै गएकाले अब भने कामले गति लिने जनाइएको छ ।
कार्यशालास्थललाई खुला मूर्तिकला सङ्ग्रहालयका रुपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)समेत बनीसकेको छ । अध्यक्ष रानाले प्रवेशद्वार र टिकटकक्ष निर्माणको काम छिट्टै अघि बढाइने बताउनुभयो ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुभएको थियो । यस्तै जापानका जुनीचिरो सगीमोतो, चीनका ल्यू याङ्ग, इटालीका बेतीनो फ्रान्सेनी, फ्रान्सका जिवियर गोञ्जालेज र ताइवानका लिन लि जेनले कार्यशालामा मूर्ति कुँद्नुभएको थियो ।
कार्याशालामा क्यानाडीकी जुली ग्लास्पी, भारतका टुटु पटनायक, इजरायलकी तान्या प्रिमेन्जर, ब्राजिलका जर्ज लुइज सोडर र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को पनि सहभागी हुनुहुन्थ्यो । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए ।
मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै रु. १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । चालु आवमा सङ्घ सरकारबाट रु. दश लाख र गलकोट नगरपालिकाबाट रु. तीन लाख बजेट छुट्टिएको छ । यसअघि कार्यशालाका लागि सङ्घ सरकारबाट रु. ५० लाख, गण्डकी प्रदेश सरकारबाट रु. ७० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु. दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु. पाँच लाख सहयोग प्राप्त भएको थियो । (रासस)
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !