News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय

अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तस्विर: साभार

ब्यूनस आयर्स, अजेन्टिना । अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।  विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।

विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो ।

विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ । (रासस/एएफपी)

प्रतिक्रिया