
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
कास्की । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको छ ।
गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा तामाङको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा फेला पारेर पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टङ्कबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । प्रतिवादी तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रनाउ हमालले जानकारी दिनुभयो ।
चोरीको आरोपमा दुई पक्राउ
कास्की प्रहरीले माछापुच्छ«े गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार, औँठीलगायत सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा–८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामानसहित फेला पारिएको जनाइएको छ ।
प्रहरीले उनीहरुको साथबाट रु ७७ हजार २९० बरामद गरेको र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयो । (रासस)
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान