
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, ९ साउन । विदेश भ्रमण र आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको एक गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नं. ५, प्रस्याङस्थित एक घरमा छापा मारी भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका वडा नं. १२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य शान्तिनगर बस्ने ३० वर्षीय श्यामलकुमार झा रहेका छन्। उनीहरूले पुष्पेंद्र कोइरालाको घर भाडामा लिएर गैरकानूनी गतिविधि सञ्चालन गर्दै आएका थिए।
प्रहरीका अनुसार, उनीहरूले ’इबसक टुरिजम इन्टरनेसनल’ नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर यस अवैध धन्दामा संलग्न गराएका थिए। ती युवायुवतीहरूलाई परिचालन गरी उनीहरूले फोन र अनलाइनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गर्ने गरेका थिए। पीडितहरूलाई ‘वल्र्ड क्लास हलिडे, फिल ७ दिन, रजिस्टर ७ दिन, अस्योर्ड गेट फण्ड’ जस्ता आकर्षक नारा लेखिएको कुपन फारम भराएर रकम असुल्ने गरिएको अनुसन्धानबाट खुल्न आएको छ।
यस गिरोहले हालसम्म ३० जना व्यक्तिलाई एसिया र युरोपका विभिन्न देशमा घुमाउने प्रलोभनमा पार्दै फारম भराई कुल ९ लाख ६५ हजार रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ। छापा मार्ने क्रममा प्रहरीले उनीहरूको साथबाट २ थान कम्प्युटर र मनिटर, ८ थान विभिन्न रजिष्टर तथा रेकर्ड बुक र ६ थान कुपन रसिद बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति