
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
काठमाडौँ । सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै दुई खेमामा विभक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएको छ । राजधानीमा आज बसेको सो समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
“पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयाोगले जुन पत्र पठाएको छ, त्यो विषयमा जवाफसहित पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन अयाोगलाई पत्र लेख्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । आयोगमा सहजीकरणका लागि पार्टीका तर्फबाट खटिएका प्रतिनिधि छिट्टै पत्र लिएर आयोग जाने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
गत पुस पहिलो साता बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट पदमुक्त गरी सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो । नेकपाले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले पनि केन्द्रीय समिति विस्तार गरेर आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । आयोगले दुवै पक्षले पठाएकोे विवरण कानूनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।
बैठकले यसअघिको स्थायी कमिटीको प्रस्तावअनुसार प्रधानमन्त्रीे ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय अनुमोदन गरेको छ । गत आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको थियो । बैठकले पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ । स्थायी कमिटीले यसअघि नै महासचिवलाई जिम्मेवारीमुक्त बनाउने निर्णय गरेको थियो । सोही निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध घोषित सङ्घर्षका कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । “बैठकले सबै पार्टी कमिटी र पार्टी सदस्यलाई सङ्घर्षमा उत्रन निर्देशन दिएको छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो । नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध दुई चरणमा सङ्घर्षको कार्यक्रम गरिरहेको छ ।
म्यान्मामा त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिएको घटनालाई अनुपयुक्त भएको निष्कर्ष निकाल्दै नेकपाले सो कदमको निन्दा गरेको छ । बैठकले म्यान्मामा लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिने निर्णयसमेत गरेको छ । बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित रहेको उहाँले जिकिर गर्नुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए