
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । सुदुर पश्चिम र अछामलाई पोखरासँग चिरपरिचित गराउन अछामेली युवाहरु संगठित रुपमा जुटेका छन । सुदुर पश्चिम र अछामको प्राकृतिक सुन्दरता, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई पोखरेलीहरु माझ चिनाउने उद्देश्यले युवाहरुको भेलाले पहिलोपटक अछाम–पोखरा सम्पर्क समिति गठन गरिएको हो ।
अछामवासीहरुले पोखरामा पहिलोपटक एक भेलाको आयोजना गर्दै अछाम–पोखरा सम्पर्क समितिको गठन गरेका हुन् । पत्रकार राजन साउदको अध्यक्षतामा अछाम पोखरा सम्पर्क समिति गठन गरिएको छ । माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै सो समिति गठन गरिएको हो ।

सो समितिमा उपाध्यक्षमा रोशन बोहरा, सचिवमा रमेश लुहार, सहसचिवमा जीवन लुहार र कोषाध्यक्षमा पुष्प कडारा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा विनोद पण्डित, रमा साउद, नरेश लुहार, विकास लुहार, भावना कडारा र एसुदा लुहार रहनु भएको छ ।
पोखरामा विभिन्न सिलसिलामा बस्दै आउनुभएका अछामवासीहरु बिच सद्भाव र एकता कायम गर्न र दुःखसुख साटासाट गर्न साझा मञ्चको रुपमा अछाम पोखरा सम्पर्क समिति गठन गरिएको अध्यक्ष साउदले जानकारी दिनुभयो ।
मञ्चले अछामबाट पोखरामा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीहरु, कामको सिलसिलामा आउने मजदुर वा कर्मचारी लगायत पर्यटकीय शहर पोखरा घुम्न आउनेहरुलाई आवश्यक सल्लाह, सुझाव, सहयोगका साथै स्वागत गर्ने समितिको उद्देश्य रहेको अध्यक्ष साउदले प्रष्ट पार्नुभयो ।
अछाम जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पोखरामा उचित प्रचारप्रसार गर्ने, त्यहाँको स्थानीय कला संस्कृति, भाषा र धर्मलाई प्रचारप्रसाद गर्ने काम विभिन्न कार्यक्रमहरुको आयोजना गरेर समितिले गर्ने लक्ष्य राखेको छ ।
सिंगो सुदुर पश्चिमलाई नै पर्यटकहरुको नयाँ गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य रहेको र त्यसलाई जोड्न पुलको काम अछाम पोखरा सम्पर्क समितिले गर्ने विश्वास नवगठित कार्यसमितिले लिएको छ ।
‘अछाम र अछामीलाई पोखरेली माझ चिनाउने हाम्रो प्रमुख अभियान हुनेछ,’ अध्यक्ष साउदले भन्नुभयो–‘यसले स्वर्ग जस्तै सुन्दर सुदुर पश्चिम र पोखरालाई नजिक बनाउने छ ।’ राजन साउदको अध्यक्षतामा भएको कार्यक्रममा पुष्प कडारा लगायत सहभागी सम्पूर्णले आ–आफ्नो विचार व्यक्त गर्दै सुदुर पश्चिम र अछामलाई चिनाउने कार्यका लागि यो समिति कोसेढुङ्गा हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई