
१प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
२निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
३चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
४निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
५‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
६जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
७नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
८विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
९अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१०स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
११जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१२नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
बागलुङ । गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका–६ भुजुङ्गेस्थित ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’, काठेखोला गाउँपालिका–३ को ‘बेलढुङ्गा सामुदायिक होमस्टे’ र जैमिनी नगरपालिका–१० स्थित ‘हाँडीकोट सामुदायिक होमस्टे’ छनोटमा परेका हुन् ।
ती घरवासका सञ्चालक परियोजना कार्यान्वयनका लागि मन्त्रालयसँग सम्झौताको तयारीमा छन् । प्रत्येक घरवासलाई रु आठ लाखका दरले अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । अनुदान रकम पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनको काममा खर्च गरिनेछ । ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’का अध्यक्ष कमला श्रीसले यस वर्ष पदमार्ग निर्माणको योजना रहेको जानकारी दिनुभयो ।
“गाउँभित्रै एक घरदेखि अर्को घर जोड्ने गरी पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउँदैछौँ”, उहाँले भन्नुभयो । गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट सामुदायिक भवन निर्माण गरिएको थियो । उक्त भवन अहिले घरवासमा आउने पाहुनाको स्वागत र सांस्कृतिक कार्यक्रमका लागि प्रयोगमा ल्याइएको छ ।
भुजुङ्गेका सात घरमा घरवास सञ्चालित छ । मगर बाहुल्य उक्त गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले घरवास खोलिएको हो । घरवास सञ्चालनमा आएपछि ढुङ्गेनी गाउँ (स्टोन भिलेज) ले चिनिने भुजुङ्गेले नयाँ चिनारी पाएको छ । पारिवारिक आतिथ्यता, स्थानीय परिकार, रहनसहन, संस्कृति र घुमफिर घरवासका आकर्षण हुन् ।
घरवासमा कोदो, फापर, जौँ, मकै, गहुँ, आलु, सिस्नो, सिन्की, भट्टलगायत घरेलु उत्पादनका परिकार तयार पारिन्छ । भुजुङ्गेको समग्र पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवदेनमार्फत काम भइरहेको घरवास सञ्चालक समितिका सल्लाहकार फणिन्द्र थापामगरले बताउनुभयो ।
काठेखोलाको बेलढुङ्गा र जैमिनीको हाँडीकोट सामुदायिक घरवासले पनि पूर्वाधार निर्माणको योजना बनाएका छन् । पछिल्लो समय घरवासप्रति पर्यटकको आकर्षण बढेपछि सञ्चालक उत्साहित छन् । राज्यका निकायले पनि घरवास प्रवद्र्धनका लागि लगानी बढाइरहेका छन् । ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले हाल बागलुङमा २८ घरवास सञ्चालित छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी