
१पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
३स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
४‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
५पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
११डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
ईच्छुक धावकहरूले पोखरा क्लिक अनलाइनमार्फत फाराम भरी दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् ।
पोखरा, १९ असोज । पोखरामा आगामी शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लीक र पोखरा प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा हुने यस प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरूले काम गरिरहेको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
खेलकुदका माध्यमबाट ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई एकसाथ जोड्ने मुख्य उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं. २२ स्थित विश्व शान्ति स्तूपाबाट सुरु हुने ८ किलोमिटरको यो दौड कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ । दौडको रुट विश्व शान्ति स्तूपाबाट अघि बढेर प्रसिद्ध पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गर्दै वडा कार्यालय हुँदै न्यालेडाँडास्थित गन्तव्यमा पुग्नेछ ।
प्रतियोगितामा सहभागिताका लागि आगामी असोज २१ गते राति १२ बजेसम्म नाम दर्ताको समयसीमा तोकिएको छ । ईच्छुक धावकहरूले पोखरा क्लिक अनलाइनमार्फत फाराम भरी दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार हालसम्म देशका १८ वटा जिल्लाबाट ८० भन्दा बढी धावकहरूले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले पर्वतीय दौड अब पुम्दीभुम्दी क्षेत्रको मुख्य पहिचान बनिसकेको बताए । यसले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा बहुआयामिक योगदान पुर्याउने उनको विश्वास छ ।
त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले खेलकुदले पोखराको समग्र पर्यटन, स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताउँदै प्रतियोगितालाई सफल बनाउन सबै संघसंस्थाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कालाबाङ घरेडी बुद्ध पार्क समितिका अध्यक्ष राज गुरुङ ‘लाल’ले यस किसिमका कार्यक्रमले पुम्दीभुम्दी मात्र नभई समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । कार्यक्रमको सञ्चालन आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले गरेका थिए ।
प्रतियोगितामा कुल ६ वटा विभिन्न इभेन्टहरू समावेश गरिएको छ, जसमा खुला, वडास्तरीय, महिला, यू-१६, विदेशी र भेट्रान्स विधा रहेका छन् । प्रतियोगितालाई थप प्रतिस्पर्धी र आकर्षक बनाउन नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
खुला इभेन्टः प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले १५ हजार, चौथोले ७ हजार र पाँचौँले ३ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । साथै छैटौँदेखि दशौँ स्थानसम्मका धावकलाई जनही १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
वडास्तरीय, महिला तथा यू–१६ इभेन्टः यी प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
विदेशी धावकः विजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
भेट्रान्स इभेन्टः विजेता धावकलाई १५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरिनेछ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई