
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
गुल्मी । उपचार खर्च बुझाउन नसक्दा अस्पतालले नैं छोरालाई बन्धक बनाएपछि बुबा सहयोगको याचनासहित सबैसँग हारगुहार गरिरहेका छन् । पाल्पाको लुम्बिनी मेडिकल कलेजले उपचारको पैसा तिर्न नसकेको भन्दै सहवीर विकका छोरा १६ वर्षीय सुनिललाई बन्धक बनाएर राखेको हो ।
मजदुरी पेशा गर्ने विक काम गरेर राति घर फर्किने क्रममा रेसुंगा नगरपालिका वडा नं. १३ मा अटो सवारी दुर्घटनामा परेका थिए । तत्कालै उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो । अहिले डाक्टरले उपचार सकेर डिस्चार्ज गरिसक्दा पनि उपचार खर्च बुझाउन नसकेपछि अस्पताल प्रशासनले सुनिललाई घर जान दिएको छैन । अस्पताल प्रशासनले तीनलाख १५ हजार रुपैयाँ नबुझाएसम्म घर जान नदिने भन्दै अस्पताल भित्रै बन्धक बनाएर राखेको उनका बुबा सहवीरले बताउनुभयो ।
सो दिन अटो दुर्घटनामा परेर चालक रेसुंगा नगरपालिका– १२ का ३० वर्षीय तेजबहादुर राना र रेसुंगा नगरपालिका– २ का १७ वर्षीय सुरज विकको मृत्यु भएको थियो । साथै सँगै अटोमा रहेका अन्य रेसुंगा नगरपालिका– १२ का १७ वर्षीय रमेश खत्री, रेसुंगा नगरपालिका– २ का १६ वर्षीय रोशन परियार र १७ वर्षीय सुनिल विक घाइते भएका थिए । गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु.१ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
‘परिवार पाल्न र दैनिक खर्च धान्न पनि धौं धौं छ,’ सुनिलका बुबा सहवीरले भन्नुभयो–‘घाईते छोरा अस्पतालमा बन्धक बनाईएको छ । गरिब र निमुखा बाँचेर पनि काम रहेनछ ।’ बुबा सहवीरले छोरालाई अस्पतालबाट मुक्त गराई दिनका लागि आफ्ना नातागोता, मजदुर संगठन, मानवअधिकारवादी संघसंस्था र सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।
सत्तामा सर्वहारा वर्गको मुक्तिको चर्को नारा उराल्ने कथित कम्युनिष्टहरुको सरकार छ यतिबेला । तर वास्तविक मजदुर र सर्वहारा वर्गका लागि भने कसैले आवाज उठाएका छैनन् । उल्टै मेडिकल माफिया र दलालहरुको चंगुलमा फसेर गरिब र सर्वहारामाथि चरम शोषण र दमनमा उत्रिई रहेको छ कथित कम्युनिष्ट हुँ भन्नेहरुको सरकार ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा