
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कृष्ण न्यौपाने
दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ छिम्केश्वरी । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माईको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित यस ठाउँमा नयाँ वर्ष र फागु पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गरेको छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस ठाउँ ओझेलमा परेपछि आँबुखैरेनी गाउँपालिकाले यसको प्रबद्र्धनका लागि पहल थालेको छ । गाउँपालिकाले मङ्सिर ५ गते कार्यपालिकाको बैठक नै यसै ठाउँमा सम्पन्न गरेको छ । उक्त बैठकले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि थप रु १५ लाख बजेटसमेत विनियोजन गरेको छ ।
गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो । मन्दिर पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ । छिम्केश्वरीको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले विशेष अभियान नै सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । “छिम्केश्वरीको जति प्रचारप्रसार हुनुपर्ने हो त्यो नभएको सबैलाई महसुस भएको छ, कसरी यसको महत्व सबै माझ पु¥याउन सकिन्छ भन्ने सोचका साथ गाउँपालिका लागिपरेको छ ।” छिम्केश्वरीको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएपनि कोभिडको कारण उक्त महोत्सव स्थगित भएको थियो । “सञ्चारमाध्यममार्फत र सामाजिक सञ्जालमार्फत् छिम्केश्वरीको धार्मिक र पर्यटकीय महत्व प्रचारप्रसार गर्ने सोच बनाएका छौँ”, पोख्रेलले भन्नुभयो ।
छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित गाउँपालिका अगाडि बढेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । धार्मिक पर्यटन विकासका लागि गाउँपालिकाले यहाँ पूर्वाधार निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो । “यातायातको असुविधाले पनि छिम्केश्वरीको महत्व ओझेलमा परेको महसुस भएको छ”, थापाले भन्नुभयो, “सञ्चारमाध्यममार्फत पनि यसको महत्व प्रचारप्रसार गर्न सकिए यस ठाउँ धार्मिक पर्यटनको केन्द्र बन्नेमा कुनै दुई मत छैन ।”
आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपी, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु र बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
बीस वर्षदेखि मन्दिरमा पुजारीका रुपमा रहनुभएका धनराज गुरुङले मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन दर्शनका लागि आउने गरेको जानकारी दिनुभयो । “कोभिडका कारण अहिले दर्शन गर्न आउने कम छन्”, उहाँले भन्नुभयो, “कोभिड अगाडि दैनिक ५० देखि एकसयसम्म भक्तजन आउने गर्दथे ।”
आकाशे पानीको भरमा मन्दिर पुनर्निर्माण
छिम्केश्वरी मन्दिर आकाशे पानीको भरमा पुनर्निर्माण भइरहेको छ । छिम्केश्वरीको डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनर्निर्माणको काम शुरु गरिएको छ ।
मन्दिर जीर्ण भएपछि गाउँपालिकाले गत वर्षबाट मन्दिर निर्माणको काम शुरु गरे पनि भौगोलिक विकटताका कारण काममा ढिलाइ भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । “पानीको स्रोत नभएपछि प्लाष्टिक पोखरी बनाएर पानी सङ्कलन गरेका छौँ, सोही पानीको प्रयोगबाट मन्दिर निर्माणको काम भइरहेको छ,” उहाँले भन्नुभयो, “निर्माण सामग्री पनि बोकेरै लैजानुपर्ने भएका कारण समस्या भएको हो ।” थापाले चालू आर्थिक वर्षभित्रै मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
पैदलमार्ग र रेलिङ निर्माण
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष ०७५/७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४ सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भएको छ ।
छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले सिढी निर्माण भएसँगै छिम्केश्वरी माई मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिनुभयो । “उकालो बाटोमा सर्वसाधारणलाई हिँड्नका लागि सजिलो होस् भनेर ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ,” उहाँले भन्नुभयो, “पैदलमार्गले बालबच्चा र वृद्धवृद्धालाई समेत हिँड्नका लागि सजिलो भएको छ ।”
पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् रु ६० लाख ८५ हजार ९५६ लगानी भएको छ भने स्थानीयवासीले रु १५ लाख ७४ हजार ८९० बराबरको जनश्रमदान गरेका छन् ।
सवारी साधनको अन्तिम बिन्दुदेखि करिब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करिब दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।
बाटो सहज बन्दै
पृथ्वीराजमार्गसँगै जोडिएको आँबुखैरेनी गाउँपालिकादेखि छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा सडक कालोपत्रेको काम शुरु भएको छ । यसअन्तर्गत हाल सडक फराकिलो बनाउने र नाला निर्माणको काम भइरहेको छ ।
प्रदेश सरकारको रु ३० करोडको लागतमा सडक कालोपत्रेका लागि काठमाडौँस्थित शर्मा एण्ड काष्ठमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्रे सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४.२५ मिटर चौडाई कालोपत्रे र एक मिटर नाला सहित सात मिटर चौडाईको सडक हुनेछ ।
आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङ छिम्केश्वरी सडक कालोपत्रे भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने बताउनुहुन्छ । “बाटोकै कारण छिम्केश्वरीको जति प्रबद्र्धन हुनुपर्ने थियो हुन सकिरहेको छैन, बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ,” उहाँले भन्नुभयो । लाब्दीदेखि माथिको खण्डको बाटो भने गाउँपालिकाले खोलेको थियो । उक्त खण्ड असहज भएकाले स्तरोन्नति गर्ने तयारी गरिएको छ ।
घरबास सञ्चालनको तयारी
छिम्केश्वरी आउने पर्यटकलाई बास बस्ने व्यवस्था मिलाउन यहाँ घरबास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । तेह्र घरमा घरबास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिनुभयो । घरबास सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएपनि कोभिडको प्रभावका कारण उक्त कार्य रोकिएको उहाँले बताउनुभयो ।
“घरबास दर्ता गरेर तालीम पनि लिइसकेका थियौं, तर कोभिडको कारण अहिले पर्यटक आएका पनि छैनन्,” उहाँले भन्नुभयो, “परिस्थिति सहज भएलगत्तै घरबास पनि सञ्चालनमा आउँछन् ।” तेह्र घरमा ५०÷६० जना पर्यटक बास बस्न सक्नेछन् ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल