
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवाबाट प्रहरीले लागू औषध र एसएलआर हतियारको गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो करिब ३ः३० बजे स्थानीय एक घरमा छापा मारेको थियो। लमजुङ जिल्लाको क्व्होलोसोथार गाउँपालिका वडा नं. ९ स्थायी घर भई हाल रानीपौवामा बस्दै आएका २६ वर्षीय सागर थापा मगरको कोठा खानतलासी गर्दा अवैध सामग्री फेला परेको हो।
प्रहरीका अनुसार मगरको कोठाबाट ट्रामाडोल ५० एमजी लेखिएको ८२ चक्की ट्याब्लेट, टापेन्टाडोल १०० एमजी लेखिएको १४ चक्की ट्याब्लेट, एक थान मोबाइल र एसएलआर हतियारमा प्रयोग हुने एक थान जंगी राउण्ड गोली बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) हरी बहादुर वस्नेतका अनुसार पक्राउ परेका मगरमाथि थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले उक्त गोली उनीसँग कहाँबाट र कुन उद्देश्यका लागि आइपुग्यो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।