
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार यस पटक कुल सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ (वर्गीकृत) भएका छन्। यो नतिजा गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ।
गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए भने यस वर्ष उक्त संख्या बढेर ६५.९८ प्रतिशत पुगेको हो। शिक्षा सचिव चुडामणि पौडेलका अनुसार विगतको तुलनामा यस पटकको नतिजामा उल्लेख्य सुधार देखिएको छ। बोर्डका अनुसार यस वर्ष कुल २ लाख ८४ हजार १६० जना विद्यार्थी उत्तीर्ण भएका छन्, जबकि गत वर्ष यो संख्या २ लाख ७१ हजार २ सय ९९ रहेको थियो।
उत्कृष्ट नतिजा ल्याउनेको संख्यामा वृद्धि
सार्वजनिक नतिजा अनुसार उच्च जीपीए ल्याउने विद्यार्थीहरूको संख्यामा पनि बढोत्तरी भएको छ। सबैभन्दा माथिल्लो ग्रेड अर्थात् ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ पुगेको छ। यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना र २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी अर्थात् ९४ हजार २२२ रहेको छ।
नन्–ग्रेडेड विद्यार्थीको संख्या घट्यो
यस वर्ष १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘नन्–ग्रेडेड’ (अवर्गीकृत) भएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा करिब २१ हजारले कम हो। गत वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी नन्–ग्रेडेड भएका थिए। यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए।
एक महिनामै नतिजा
सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो। सोही निर्देशन बमोजिम परीक्षा सकिए लगत्तै परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइएको थियो। बोर्डले परीक्षा सञ्चालन भएको एक महिनाको छोटो अवधिमै नतिजा तयार पारी सार्वजनिक गरेको हो। परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका थिए।
यद्यपि, बोर्डले नतिजा सार्वजनिक गरे पनि विभिन्न माध्यम र वेबसाइटहरूमा पूर्ण विवरण अपलोड हुन केही समय लाग्ने जानकारी दिएको छ। नतिजा हेर्नका लागि बोर्डले तोकेका आधिकारिक वेबसाइट, एसएमएस र आईभीआर सेवाहरूको प्रयोग गर्न सकिनेछ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन