
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, २९ वैशाख । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा २३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले वैशाख २८ गते साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
विशेष गरी मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै–झगडा गर्ने, जुवातास खेल्ने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि बढी हुने स्थानहरूलाई लक्षित गरी प्रहरीले यो अप्रेसन चलाएको थियो। प्रहरीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडाबाट यी व्यक्तिहरू समातिएका हुन्। पोखरा–१ बगर, टुँडिखेल, वडा नं. २ बाग्लुङ बसपार्क, वडा नं. ३ नदिपुर र वडा नं. ४ तेर्सापट्टी क्षेत्रबाट ७ जना पक्राउ परेका छन्। त्यसैगरी, वडा नं. ५ को पस्र्याङ र हरिचोकबाट ५ जना तथा वडा नं. १६ बाटुलेचौर, वडा नं. १८ सराङकोट र वडा नं. १९ लामाचौर क्षेत्रबाट ११ जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरूमध्ये जुवाजन्य ‘तिन गोट्टी’ खेलाउने ३ जना विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। यस्तै, मादक पदार्थ र लागू औषध सेवन गरी अभद्र व्यवहार गर्ने ७ जनालाई १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) हरीबहादुर बस्नेतका अनुसार, सामान्य मादक पदार्थ सेवन गरी हिँड्ने अन्य ७ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही एक हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको छ। बाँकी ६ जनालाई भने आवश्यक सोधपुछ पश्चात् आफन्तको जिम्मा लगाई तारेखमा छाडिएको प्रहरीले जनाएको छ। नगरको शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीले यस्ता अप्रेसनलाई निरन्तरता दिने बताएको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन