
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
इस्लामावाद । पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ ।
सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउनको व्यवस्था गरेको हो । आज लाहोरमा पाकिस्तानको सरकारका विरुद्धमा यहाँका विपक्षीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुले यस विरोध प्रदर्शनले सरकारलाई नैतिक प्रश्न उठाउने बताएका थिए ।
उता प्रधानमन्त्री इमरान खानले भने विरोध जुलुश ननिकाल्न अनुरोध गर्नुभएको थियो । विपक्षीहरुले भने सो विरोध प्रदर्शन नरोक्ने बताएका थिए । यहाँका विभिन्न ११ ओटा विपक्षीहरुले आन्दोलनलाई जारी राख्ने बताएका छन् । राजनीतिक दलहरुले जुलुश नरोक्ने बताएपछि प्रधानमन्त्री खानको आदेशमा यहाँको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा सार्वजनिक स्थानमा मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउन गर्ने घोषणा गरेको हो ।
सो विरोध प्रदर्शनको नेतृत्व पाकिस्तानका प्रमुख विपक्षी दल पिपिपिका अध्यक्ष विलावल भुट्टोले गर्नुभएको छ । उहाँले यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का दिइने दाबी गर्दै आउनुभएको छ ।
सरकारले भने पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएकाले यसले झन् संक्रमण बढ्ने भन्दै देशमा ठूलो संख्यामा जुलुश ननिकाल्न बताउदै आउनुभएको हो । पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् । ती विपक्षी दलहरुले आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी विगत देखि नै गर्दै आएका हुन् ।
पकिस्तानमा कोभिडको दोस्रो लहर आएको बताइएको छ । यसरी एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले आन्दोलन जारी राखेकाले सरकार समस्यामा परेको बताइएको छ ।
पाकिस्तानका अस्पतालहरुमा बेडहरु पाउन समस्या हुन थालेको छ भने दिनप्रतिदिन संक्रमितहरु बढ्दै गएको बताइएको छ । सरकारले यस्तो महामारीको समयमा विपक्षी दलहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नु जायज नभएको सरकारको भनाई छ । आज लाहोरमा हुने यस आन्दोलनमा पनि सरकारले लकडाउन गरेपछि झडपहरु पनि हुन सक्ने बताइएको छ । रासस/एएनआई
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई