
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
हिमांशु चौधरी (जनकपुरधाम) ।
छठ माए अएलीह दुरिया सजाओल हे
पोखरी खना सजाओल हे
तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान छ । हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने सेतुका रूपमा स्थापित भइसकेको छठ पर्वका लागि यस पटक कोरोना सङ्क्रमण कहरबीच नदी र पोखरीमा घाट निर्माण र सजावटको कार्य अन्तिम चरणमा पुगिसकेको सन्देश यो गीतले दिइरहेको छ ।
मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्दा सन्तान प्राप्ति, निरोगिता, सुख समृद्धि र चर्मरोग जाति हुने जनविश्वास अनुरूप यो पर्व कुनै समय प्राचीन मिथिला भू–भागभित्र मात्र प्रचलित रहेकोमा कालान्तरमा देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।
सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबिलोनका निवासीले सूर्यलाई अपोलो, जापानीले इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरुष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् भने मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।
मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै भएकाले स्वभावतः मानव सूर्यप्रति आकर्षित भई सूर्य आराधनाको क्रम शुरू भएको मान्यता पाइन्छ । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।
सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देऊ, वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौँ ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ ।
यो पर्व कबुला (भाकल) गरेअनुसार गरिन्छ, भाकल नगरी यो व्रत गरिँदैन । भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कसैले अरूको हातबाट अघ्र्यदान गराउने भाकल गरेका हुन्छन भने कसैले आफैंँ व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अघ्र्य चढाउनेदेखि जोडा अघ्र्यका साथै पूर्णप्रति अघ्र्यदान गर्ने समेत भाकल गरिएका हुन्छन् ।
यसमा कोसिया, कुरबार, छिट्टा, अघ्र्य इत्यादि सबैथोक दुई–दुई प्रति चाहिने हुन्छ । यस्तै माटोका हात्तीमाथि अघ्र्य चढाउने, आँगनमा तथा घाटमा आँचलमाथि नटुआनाच गराउने, बाजा बजाएर अघ्र्यदान गर्ने, भीख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ । त्यस्तै साधारणतः अघ्र्य दिने, पानीमा उभिने, घरदेखि घाटसम्म आफूलाई दण्ड दिँदै जाने तथा पानीमा उभिनेजस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् ।
बर्तालुले शरीर शुद्धि गर्न नुहाई भोकै अन्नजल नलिइकन बस्ने दिनलाई खरना भनिन्छ । यो दिन दिनभरि शरीर खारिने हुनाले यसलाई खरना भनिन्छ । राति देउतालाई चढाएर खिर खाइन्छ । परिवारजनले यसलाई प्रसाद भनी ग्रहण गर्छन् । अर्को दिन बर्तालु अन्न र जलबिना उपवास गर्छन् र साँझपख जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई घर फर्की बिहानीपख उदाँउदो सूर्यलाई अघ्र्य दिई उपवास तोडछन् । यसलाई पारण भनिन्छ । संयोगवश कुनै बेला हुस्सु लागेर सूर्योदय हुन ढिलाइ हुँदा बर्तालु सूर्यको प्रार्थना गर्दै गाउँछन् :
आन दिन त उगलह हे दीनानाथ भोरे भिनसरवा
आजुक दिनमा हे दीनानाथ कतए लागल बेर…..।
अर्थात् हे दीनानाथ अन्य दिन त बिहानै उदाउनुहुन्थ्यो तर आज किन यत्रोबेला भइसक्दा पनि उदाउनुभएन ? गीतको लामो शृङ्खला चल्छ । मूलतः छठ गीतमा पर्वको विशिष्टता, पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व गर्न नपाउने बाँझीहरूको पीडा पनि अभिव्यक्त भएको हुन्छ । छठ पर्वको पवित्रतासँग सम्बन्धित एउटा गीतमा अघ्र्यका लागि राखिएको केराको घरीमाथि उडिरहेको सुुगालाई हकार्दै यसरी भनिएको छ ः
उजे केरबा फरल घओंद से
आइ पर सुगा मरडाए
उजे मारबौ रे सुगबा धनुख से
सुगा गीरे मुरिछाए
उजे सुगनी जे रोअले वियोग से
आदित होख न सहाए…
अर्थात् केरालाई नछोऊ है, जुठो नबनाऊ । नत्र धनुषवाणले मार्नेछौँ, तिम्री सुगिनी वियोगले छटपटिन थाल्नेछिन्, फेरि सूूर्यलाई नै गुहार्नेछिन्– हे सूर्य सहायता गर । त्यस्तै बाँझी महिलाले यो व्रत गर्न नसकेकोमा दीनानाथ (सूर्य) सँग दुखेसो यसरी पोख्ने गर्छिन :
गहबर निपिते हो दीनानाथ
तरहथिया गेल खिआए
धूपबो जे दैत हो दीनानाथ
चुटुकियो गेल कटाए
तैयो ने छुटल हो दीनानाथ
बझिंनिया परधान ………….. ।
अर्थात् तिम्रो मन्दिरमा पूजा अर्चना गर्दागर्दे थाकी सकेँ तर बाँझी पद मैले छुटाउन सकिनँ । यस पर्वमा जीव र जगत् एकाकार भई दुवैको शक्ति मिलेर एउटा नयाँ शक्ति, ऊर्जा र ओजले यस पर्वमा नयाँ आकार ग्रहण गरिरहेको हुन्छ । प्रकृतिमा अजस्र शक्ति भएको र सम्भवतः यो चमत्कार बर्तालुको कठोर तपस्या, शुद्धता र पवित्रताले कारणले पनि हुनुपर्छ । अतः यो प्रकृतिबाट गृहिणीले आफ्ना सन्तान, पति, परिवारजनलाई शुभशक्ति, शान्ति, सुमङ्गल हस्तान्तरण गर्ने शक्तिशाली पर्व पनि हो ।
यस पर्वको तेस्रो दिनअर्थात् षष्ठीलाई पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा, कसारलगायत परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरिका मिठाइ, उखु, अदुवा, नरिवल, मुला, सुथनीलगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सुप्पो राखी शुद्ध जल र गाईको दूधसहित बर्तालु परिवारसहित नजिकका जलाशयमा जान्छन् र बर्तालुुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । भोलिपल्ट सप्तमीका दिन बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पहापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ ।
वैज्ञानिक दृष्टिकोणले छठअन्तर्गत उपवास, सरसफाइ र विशेष अनुशासनले मस्तिष्कलाई निविर्षीकरण (डिटोक्सिफीकेशन) मा टेवा पुर्याउँछ, आधा शरीर पानीमा डुबाई उभिनुले प्राप्त शक्ति बाहिर आउनमा कमी आउनु र शक्ति मस्तिष्कमा केन्द्रित रहनु, कस्मिक शक्तिले आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्नु, कस्मिक शक्तिले निष्क्रिय तन्तुलाई सक्रिय पार्ने मान्यता पाइन्छ । वैज्ञानिक रूपले सूर्योदय र सूर्यास्तको बेला मानव सुरक्षिततवरले सौर्य शक्ति प्राप्त गर्न सक्ने तथ्य रहेको छ ।
प्राध्यापक डा पशुपतिनाथ झाका अनुसार खेतीपाती र लोकजीवनसँग गहिरो सम्बन्ध, सांस्कृतिक समन्वय र सामाजिक सद्भावको मियोका रूपमा रहेको यो पर्व कर्मशीलता प्रदर्शनको पनि पर्व हो, यसले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ । छठ पर्वलाई आरोग्य र उन्नतिदायक पर्व पनि भनिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति हुन् । त्यसैले छठ पर्वले आरोग्य र विशेषगरी चर्मरोगबाट मुक्ति मिल्ने विश्वास पाइन्छ । -रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति