
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, २२ असार । विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ दलभित्रै विवाद चुलिएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी सांसद रेखा शर्माबीच बैठकमा तीव्र भनाभन भएको हो । यसरी विधेयक पारित गर्ने भनिएको बैठक फेरि स्थगनमा गयो, र सत्तारूढ दलभित्रकै मतभेद सार्वजनिक भयो।
बैठकमा केही विषय अझै टुंगोमा नपुगेको भन्दै विधेयक पारित गर्ने निर्णय स्थगित गर्ने प्रस्ताव आएको थियो। तर, यसले समिति सदस्यहरूबीच असन्तुष्टि र अविश्वास झल्किएको देखियो।
सभापति अम्मरबहादुर थापाले सुरुमा कांग्रेस प्रमुख सचेतक घिमिरेलाई बोल्न समय दिए। तर, सांसद रेखा शर्माले समितिमा दलको प्रमुख सचेतकको हैसियतमा बोल्न दिनु गलत भएको भन्दै आपत्ति जनाइन्। “यो समिति हो, यहाँ प्रमुख सचेतकको ह्विप मान्न सकिँदैन,” उनले भनिन्।
उनको भनाइपछि सभापति थापाले गल्ती स्वीकार्दै माफी मागे। तर, त्यसपछि बोल्दै प्रमुख सचेतक घिमिरेले आफूलाई अपमान गरिएको भन्दै आक्रोश व्यक्त गरे। उनले झोला तानेर बैठकबाट उठ्ने प्रयास गरेका थिए, तर सभापति थापाले उनलाई शान्त पार्दै बस्न आग्रह गरे।
सांसद शर्माले भने, “शिक्षा मन्त्री र प्रमुख सचेतक विधेयक रोक्न चाहन्छन् भने सभापति भने पारित गरौं भन्नुहुन्छ, आखिर समिति कसको नियन्त्रणमा छ?” भन्दै प्रश्न उठाइन् । उनको आरोप थियो कि टुंगोमा पुगिसकेको विषयलाई फेरि उत्खनन् गरेर विधेयक पारित गर्नबाट रोक्ने षड्यन्त्र भइरहेको छ।
शिक्षा समितिको बैठक बारम्बार रोकिँदै समय मागिएको विषयमा गम्भीर आरोप लगाएकी छन् । उनले बैठक रोकिनुको कारण स्पष्ट नभएको भन्दै यो प्रक्रिया शंकास्पद भएको बताएकी हुन् । आइतबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उनले भनिन्,
“समितिको बैठक बेला–बेलामा स्थगित हुन्छ, फेरी समय मागिन्छ। किन यस्तो भइरहेको छ भन्ने कुरा बुझ्न सकिएको छैन। मलाई लाग्छ, बैठक रोकेर अरु नै धन्दा र षड्यन्त्र भइरहेका छन्।”
उनका अनुसार विद्यालय शिक्षा विधेयकमा पाँच दिनसम्म छलफल हुँदा ६०–४० को सहमति भइसकेको अवस्थामा फेरि समय माग्नु राम्रो संकेत होइन। उनले शिक्षक महासंघको मागलाई समितिले गम्भीरतापूर्वक लिएको दाबी पनि गरिन्।
सांसद सुवेदीले समितिमा दलगत हैसियत देखाउँदै राखिने भनाइको पनि आलोचना गरिन्। “समिति बैठकमा दलको हैसियत देखाएर कुरा राख्नु उपयुक्त होइन,” भन्दै उनले शिक्षक महासंघको आवाज समितिमा उठाइएको स्मरण गराइन् ।
बैठकमा उनले इसीडी शिक्षक र द्वन्द्वपीडित शिक्षकको अवस्था के भएको भन्ने प्रश्न पनि उठाइन्। साथै, विद्यालय शिक्षा विधेयकलाई यही समितिबाट अगाडि बढाउनुपर्ने माग समेत गरिन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा