
१लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
३आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
४अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
५राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
६राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
७फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
८सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
९अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१०सहकारी क्षेत्रमा आमूल परिवर्तन
११रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
काठमाडौं, २२ असार । विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ दलभित्रै विवाद चुलिएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी सांसद रेखा शर्माबीच बैठकमा तीव्र भनाभन भएको हो । यसरी विधेयक पारित गर्ने भनिएको बैठक फेरि स्थगनमा गयो, र सत्तारूढ दलभित्रकै मतभेद सार्वजनिक भयो।
बैठकमा केही विषय अझै टुंगोमा नपुगेको भन्दै विधेयक पारित गर्ने निर्णय स्थगित गर्ने प्रस्ताव आएको थियो। तर, यसले समिति सदस्यहरूबीच असन्तुष्टि र अविश्वास झल्किएको देखियो।
सभापति अम्मरबहादुर थापाले सुरुमा कांग्रेस प्रमुख सचेतक घिमिरेलाई बोल्न समय दिए। तर, सांसद रेखा शर्माले समितिमा दलको प्रमुख सचेतकको हैसियतमा बोल्न दिनु गलत भएको भन्दै आपत्ति जनाइन्। “यो समिति हो, यहाँ प्रमुख सचेतकको ह्विप मान्न सकिँदैन,” उनले भनिन्।
उनको भनाइपछि सभापति थापाले गल्ती स्वीकार्दै माफी मागे। तर, त्यसपछि बोल्दै प्रमुख सचेतक घिमिरेले आफूलाई अपमान गरिएको भन्दै आक्रोश व्यक्त गरे। उनले झोला तानेर बैठकबाट उठ्ने प्रयास गरेका थिए, तर सभापति थापाले उनलाई शान्त पार्दै बस्न आग्रह गरे।
सांसद शर्माले भने, “शिक्षा मन्त्री र प्रमुख सचेतक विधेयक रोक्न चाहन्छन् भने सभापति भने पारित गरौं भन्नुहुन्छ, आखिर समिति कसको नियन्त्रणमा छ?” भन्दै प्रश्न उठाइन् । उनको आरोप थियो कि टुंगोमा पुगिसकेको विषयलाई फेरि उत्खनन् गरेर विधेयक पारित गर्नबाट रोक्ने षड्यन्त्र भइरहेको छ।
शिक्षा समितिको बैठक बारम्बार रोकिँदै समय मागिएको विषयमा गम्भीर आरोप लगाएकी छन् । उनले बैठक रोकिनुको कारण स्पष्ट नभएको भन्दै यो प्रक्रिया शंकास्पद भएको बताएकी हुन् । आइतबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उनले भनिन्,
“समितिको बैठक बेला–बेलामा स्थगित हुन्छ, फेरी समय मागिन्छ। किन यस्तो भइरहेको छ भन्ने कुरा बुझ्न सकिएको छैन। मलाई लाग्छ, बैठक रोकेर अरु नै धन्दा र षड्यन्त्र भइरहेका छन्।”
उनका अनुसार विद्यालय शिक्षा विधेयकमा पाँच दिनसम्म छलफल हुँदा ६०–४० को सहमति भइसकेको अवस्थामा फेरि समय माग्नु राम्रो संकेत होइन। उनले शिक्षक महासंघको मागलाई समितिले गम्भीरतापूर्वक लिएको दाबी पनि गरिन्।
सांसद सुवेदीले समितिमा दलगत हैसियत देखाउँदै राखिने भनाइको पनि आलोचना गरिन्। “समिति बैठकमा दलको हैसियत देखाएर कुरा राख्नु उपयुक्त होइन,” भन्दै उनले शिक्षक महासंघको आवाज समितिमा उठाइएको स्मरण गराइन् ।
बैठकमा उनले इसीडी शिक्षक र द्वन्द्वपीडित शिक्षकको अवस्था के भएको भन्ने प्रश्न पनि उठाइन्। साथै, विद्यालय शिक्षा विधेयकलाई यही समितिबाट अगाडि बढाउनुपर्ने माग समेत गरिन्।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म