
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, २९ वैशाख । तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् ।
स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हिरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्तर्गत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागी अन्य ६ सय १३ जनालाई पछि पार्दै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा गरेकी गौरीशंकर माविकी कविताले सहभागी अन्य दुई सय ५३ जनालाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन् ।
प्रतियोगिता अन्र्तगत छात्रतर्फ १७ मिनेट १२.६३ सेकेण्डका दुरी पार गरेका छोरेपाटन माविका प्रकाश थिङ दोस्रो र १७ मिनेट ४७.९४ सेकेण्डमा दुरी पुरा गरेका अक्सफोर्ड स्कुलका ईश्वर ढकाल तेस्रो भए ।
छात्रातर्फ २२ मिनेट ३५.०९ सेकेण्डमा दुरी पार गदै मेघराज आधारभूत माविकी एञ्जिला जिटी दोस्रो र २२ मिनेट ४६.०५ सेकेण्डमा दौड पुरा गरेकी छोरेपाटन माविकी साधना सेवा तेस्रो भईन । छात्र/छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश: सात, पाँच र तीन हजार नगदसँगैं पदक र प्रमाण पत्र पुरस्कार पाए ।
विभिन्न ४४ विद्यालयका ६ सय १४ छात्र र दुई सय ५४ छात्रा गरी कुल आठ सय ६८ जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधान, विद्यालयका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक ईश्वरी सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयको गेटबाट सुरु भएको दौड हरिचोक–विन्ध्यवासिनी मन्दिर–बागलुङ बसपार्क–भिमसेन मन्दिर चोक–कोपिलढुङ्गा चोक–ज्ञानभूमि स्कूल चोक–बाल मन्दिर स्कुल चोक–पि.एन. क्याम्पस चोक–भीमकालीपाटन चोक–वडा कार्यालय पोखरा-१–लामपाटन मार्ग–सिमपानी चोक–हरिचोक हुँदैं टुँडिखेलमा आएर सम्पन्न भएको थियो । खेलकुद अन्तर्गत दौड पछि विद्यालयले परम्परागत छेलो (ठेलो) प्रतियोगिता (छात्र/छात्रा) सँगैं जिल्ला स्तरीय भलिबल प्रतियोगिता (छात्र/छात्रा) समेत आयोजना गर्ने तयारी गरेको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई