News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय

तालिबानहरुले युद्धविराम गरेको भए पनि हिंसात्मक हमला रोकेका छैनन् : अफगान राष्ट्रपति घानी

काबुल । तालिबानहरुले नागरिकमाथिको हमलाहरु घटाउने भनेको भए पनि अफगानिस्तानमा हिंसामा कमी नआएको अफगान राष्ट्रपतिले जानकारी दिनुभएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मंगलबार सो कुरा बताउनुभएको हो । उहाँले क्षेत्रीय शान्ति र प्रगतिका लागि सबै आतंकवाद नियन्त्रणसम्बन्धी सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सांघाइ कोअपरेसन अर्गनाइजेसन सम्बन्धी सम्मेलनलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको बताइएको छ । उहाँले भन्नुभयो– अफगानिस्तानले विभिन्न खालका आतंकवादी क्रियाकलापहरु सहनुपरेको र देशले ठूलो हिंसा पनि व्यहोर्नुपरेको छ । यी सबै आतंककारी क्रियाकलापहरुलाई नियन्त्रणमा गर्न सबैको सहयोगका अपेक्षा गरेका छौँ ।

उहाँले पछिल्लो समयमा तालिबानहरुले शान्ति वार्ताको शुरुवात गरेका छन् र उनीहरुले सर्वसाधारण नागरिकमाथि हमला नगर्ने पनि बताएका छन् भन्नुभयो ।

तर उनीहरुले यस्ता जतिसुकै प्रतिबद्धताहरु व्यक्त गरेको भए पनि हमला गर्न भने नछोडेका बताउनुभयो ।ताबिलानहरुले शान्ति वार्ताको शुरुवात गरेपछि यस्तो खालको हिंसा नहुने बताएका भए पनि अफगानिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक हमला गर्न भने नछोडेको कुरा दोहो¥याउनुभयो ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगान राष्ट्रपति घानीले यसअघि पनि शान्ति वार्ताको लागि भन्दै तालिबानहरुले युद्धविराम गरेका र शान्ति वार्ताका लागि भन्दै हिंसात्मक खालका हमलाहरु नगर्ने भनेको भए पनि उनीहरुले त्यस्तो इमान्दारिता नदेखाएका बताउनुभयो ।

पछिल्ला दिनहरुमा पनि तालिबानहरुले अफगानिस्तानमा हमला गर्न नछोडेका र सर्वसाधारण नागरिकहरुको ज्यान दिन प्रति दिन गइरहेको उहाँले बताउनु भएको टोलो न्युजले बताएको छ । रासस/एएनआई