
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा ।
नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । कोरोना महामारीबीच पनि युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’का लागि समिति गठन गरेको हो ।
‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ को लागि युनियन सल्लाहकार एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । समिति सदस्यमा वीरेन्द्र केसी, किरण केसी, पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय सांसद सूर्यबहादुर केसीले आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार राशि ५१ हजार रहेको छ । केसीले पुरस्कारको लागि अक्षयकोष स्थापनामा यसअघि ६ लाख रुपैयाँ युनियनलाई प्रदान गरेका थिए । सो पुरस्कार पहिलो पटक प्रदान गरिन लागिएको हो ।
यसैगरी, ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ को लागि नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार गंगाधर पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यमा बोधराज कार्की, सरिता तिमिल्सिना पगेनी, विजय भण्डारी, प्रकाशचन्द्र सापकोटा, पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । पुरस्कार राशि ३३ हजार रुपैयाँ छ । यस्तै, समाजसेवी भोला बरालद्वारा स्थापित ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ ।
सदस्यमा भोला बराल, कुशल बराल, बिमला भण्डारी तथा पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । भोला बरालले बाबु पूर्णप्रसाद र मायादेवी बरालको नाममा युनियनले संचालन गर्ने गरी २५ हजार राशिको सो पुरस्कार स्थापना गरेका हुन् । जसको अक्षयकोष ३ लाख ३३ हजार रहेको छ । युनियनको बैठकले आफ्ना सदस्यलाई क्षमता अभिवृद्धिका लागि तालिम संचालन गर्ने निर्णय गरेको जिल्ला सचिव प्रदीप पौडेलले जानकारी दिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु