
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
वासिङटन । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनु भएको छ ।
रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मत सहित कूल २७३ मत प्राप्त गर्नु भएसँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) मध्ये २७० मत आवश्यक पर्दछ ।
गत मंगलबार भएको निर्वाचनबाट मत गणनामा अनेक उतार चढाबबीच झण्डै पाँच दिनपछि बाइडेन निर्वाचित हुनु भएको हो । अन्य राज्यहरु जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ ।
बाइडेनले देशभरबाट ७ करोड भन्दा बढी मत प्राप्त गर्नु भएको छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै मत प्राप्त गरेको यो पहिलो पटक हो ।
राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आउनु भएको छ । उहाँले चुनावी नतिजालाई लिएर कानुनी लडाइँमा जाने धम्की दिइरहनु भएको छ ।
राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित हुनु भएको छ । उहाँ उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुनुहुन्छ । उहाँ अफ्रिकी– दक्षिण एसियाली–अमेरिकी मूलकी हुनुहुन्छ ।
राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्वीट गर्दै आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिनु भएको छ । उहाँले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने बताउनु भएको छ ।
राष्ट्रपति निर्वाचित बाइडेनले गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भन्नुभयो, “विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिनेछु ।”
उहाँले भन्नुभयो, “हामीले एकअर्का अमेरिकीलाई शत्रुका रुपमा व्यवहार गर्नु हुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नु पर्दछ । हामी दुश्मन होइनौं, हामी सबै अमेरिकी हौं ।”
कोरोनाभाइरसका कारण २ लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७७ वर्षीय बाइडेनका अघिल्तिर भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती छ ।
डेलावेयरको सभामा स्वागत मन्तव्य राख्दै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आम जनताले यसपटक एकता, प्रतिष्ठा, विज्ञान र सत्यलाई मतदान गरेको बताउनु भएको थियो । उहाँले जो बाइडेनले प्रत्येक अमेरिकी नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने दूरद्रष्टा नेता रहेको बताउनु भएको थियो ।
तर राष्ट्रपति ट्रम्पले भने चुनावमा परास्त भएको स्वीकार्नु भएको छैन ।
उहाँले आफूले कानुनी चुनौती दिने बताउनु भएको छ । तर यस्तो चुनौतीका बारेमा प्रष्ट भइसकेको छैन ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की