
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २२ जेठ । देशैभर धेरै संघसंस्थाले हरेक वर्ष लाखौं विरुवा रोप्छन् । तर ती विरुवा मध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भिर चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयले संयुक्त रुपमा गरेको कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जालमा पोष्ट गर्नमात्र गरिने कार्यक्रमले उपलब्धि नहुने टिप्पणी गरे । कृषि विज्ञ डा अनिल सुवेदीले संरक्षण नगर्ने भए वृक्षारोपण गर्दासमेत दुईपटक सोच्न आग्रह गरे ।
उनले भने, ‘अब हामीले विरुवा रोप्दा २ पटक सोच्नुपर्ने बेला आएको छ । बिगारेको हामीले नै हो ।’ डा सुवेदीले कृषि उत्पादनमा पछिल्लो समय अत्याधिक रासायनिक पदार्थ प्रयोग गर्दा क्षणिक उत्पादन बढेको जस्तो देखिए पनि दीर्घकालीन असर पारिरहेको जनाए ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा परेको बताए । यसका कारण नेपालका हिमनदी, ताल फुट्ने, बेमौसमी बाढी पहिरो, प्रकोपको समस्या बढिरहेको उनले औंल्याए ।
अधिवक्ता पराजुलीले नेपालजस्तो विकासोन्मुख देशमा विकास र वातावरण कसलाई महत्व दिने भन्नेबारे सधैं बहसको विषय हुने उल्लेख गरे । ‘हामीलाई विकास पनि चाहिएको छ, वातावरण पनि जोगाउनु छ,’ उनले भने ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र वातावरण संरक्षण एकअर्काका परिपूरक रहेको बताए । नागरिक समाज कास्की संयोजक ईन्द्रकमल मानन्धरले वातावरण संरक्षणमा सबै स्वस्फूर्त रुपमा लाग्नुपर्नेमा जोड दिइन् ।
वातावरण विज्ञ कुलराज चालिसेले जनताको जीवनशैलीसँग वातावरण संरक्षणको मुद्दा पु¥याउन नसक्दा पृथ्वी विनास हुँदै गएको तर्क गरे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले वातावरण संरक्षणका लागि सञ्चार जगतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल अध्यक्ष सुनिल पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल