
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौं, २ कार्तिक । जेन–जी आन्दोलनको प्रभावमा आफ्नै सरकारविरुद्ध विद्रोह हुँदा सत्ताबाट बाहिरिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमा कुनै पश्चात्ताप देखिएको छैन। आन्दोलनको पहिलो दिन सडकमा सुरु भएको प्रदर्शनलाई नियन्त्रण गर्न र दोस्रो दिनको विध्वंस रोक्ने जिम्मेवारी उनको भए पनि उनी प्रधानमन्त्री निवासबाट हेलिकप्टरमार्फत सेनाको शरणमा पुगेका थिए। यसले देश १२ घण्टासम्म अराजक अवस्थामा पुग्यो, सरकारी र निजी सम्पत्तिमा क्षति भयो।
आन्दोलनको एक महिनापछि ओलीले पत्रकार सम्मेलन र सम्पादकहरूसँगको अन्तरक्रियामा जेन–जी आन्दोलनलाई ‘राजनीतिक लीला’ भन्दै सामान्यीकरण गरे। उनले यस्ता घटनाले आफूलाई नडराउने र नआत्तिने दाबी गरे। “यो दुई दिनको तमासा हो। यस्ता कुराले म अँध्यारो मुख लगाएर बस्दिनँ,” उनले भने।
ओलीले आफूले धेरै राजनीतिक सङ्कट देखिसकेको भन्दै जेन–जी आन्दोलनलाई अस्थायी घटनाको रूपमा चित्रण गरे। “१४ वर्षको उमेरमा आन्दोलनमा सहभागी भएको, शाही कुको अनुभव गरेको, १४ वर्ष जेल बसेको मान्छे हुँ। यस्ता घटनाले मलाई कमजोर बनाउँदैन,” उनले तर्क गरे। तर, उनको शासनकालमा देश सङ्कटमा पुगेको बारे उनमा कुनै खिन्नता देखिएन।
जेन–जी आन्दोलनमा सहभागी युवाहरूबीच एकता र स्पष्ट कार्ययोजनाको अभाव रहेको उनको भनाइ थियो। उनले आन्दोलनमा ‘चीनविरोधी तत्त्व’ को संलग्नता रहेको र वास्तविक युवाहरू त्रसित भएको दाबी गरे। “ड्र्यागनको ट्याटु खोपेका केही तत्त्वले युवाहरूलाई धम्क्याइरहेका छन्,” उनले भने।
जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालको स्वतन्त्रताका मागलाई उनले औचित्यपूर्ण माने, तर यी मागको कारक आफ्नो नीति भएको स्वीकार गरेनन्। सामाजिक सञ्जालमाथिको नियन्त्रणको निर्णयपछि नेपोबेबी अभियान र भ्रष्टाचारविरुद्धको प्रदर्शन चर्किएको थियो। ओलीले आन्दोलनकारीले प्रधानमन्त्रीको राजीनामा नमागेको, तर उनीहरूलाई ‘प्रयोग’ गरिएको दाबी गरे।
आन्दोलन चर्किएपछि ओलीले राजीनामा दिएर बालुवाटारबाट हटे। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकार गरी सुशीला कार्कीलाई ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त गरे। ओलीले आफूले संविधानभित्र समाधान खोज्न सुझाएको, तर कार्कीको नाम सिफारिस नगरेको दाबी गरे। “मैले संविधान र लोकतान्त्रिक प्रक्रियाभित्र समाधान खोज्न भनेको थिएँ, सुशीला कार्कीको नाम कतै छैन,” उनले भने।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले नै कार्कीलाई सिफारिस गरेको भन्दै आलोचना गरेपछि ओलीले चुनौती दिए, “मेरो सिफारिसको प्रमाण छ भने ल्याएर देखाउनुस्।” ओलीले राजीनामा दिएपछि सेनाको ब्यारेकमा रहेको र त्यस अवधिमा आफ्नो मोबाइल ‘सिज’ गरिएको बताए। “सुशीला कार्कीले शपथ नलिँदासम्म म पूर्ण निगरानीमा थिएँ, स्वतन्त्र रूपमा कुराकानी गर्न पाएको थिइनँ,” उनले भने।
आफूमाथि लागेका भ्रष्टाचारका आरोपलाई ओलीले खारेज गर्दै छानबिनको चुनौती दिए। “मैले एक पैसा भ्रष्टाचार गरेको छैन। पत्रकार महासङ्घले पनि छानबिन गर्न सक्छ। मेरो खरानीको कण–कणको हिसाब गर्नुस्, केही भेटिँदैन,” उनले भने। उनले आफ्नो कार्यकालमा देशमा शान्ति, स्थिरता र विकासको दिशा रहेको दाबी गरे।
यो अन्तरक्रियाले ओलीको दम्भ र राजनीतिक रणनीतिलाई उजागर गरेको छ, तर जेन–जी आन्दोलनको सङ्कट र त्यसले ल्याएको परिवर्तनप्रति उनको जवाफदेहिता भने स्पष्ट हुन सकेन।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा