
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १८ भदौ । नेपाल परिवार नियोजन संघको कास्की शाखाले किशोरकिशोरीहरूलाई केन्द्रित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जागरण अभियान मङ्गलबारबाट सुरु गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाको कार्यालयको सहयोग र समन्वयमा यो अभियान हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयबाट सुरु गरिएको हो । अभियान कास्की जिल्लाका चार गाउँपालिकामा दुई–दुई विद्यालय तथा कलेज गरी आठ स्थान र महानगरपालिकामा १६ स्थान गरी कुल २४ विद्यालय तथा कलेजमा सञ्चालन गरिने संघका कास्की शाखा सभापति नवीन सिग्देलले बताए ।
‘हामीले यो अभियान स्थानीय सरकार र स्वास्थ्यसम्बन्धी संस्थाहरूसँग मिलेर सञ्चालन गर्ने लक्ष्य लिएका छौँ,’ सिग्देलले भने, ‘किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यका मुद्दामा केन्द्रित यो अभियान सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दछौँ ।’
अभियानको उद्घाटन पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले गरेका थिए । कार्यक्रममा बोल्दै तिम्सिनाले किशोरकिशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुला रूपमा जानकारी लिन सक्ने यो अभियान महत्वपूर्ण थलो बन्ने बताए ।
‘किशोरकिशोरीहरूका यौन तथा प्रजनन स्वास्थ्यका प्रश्नमा स्थानीय सरकार गम्भीर छ,’ उनले भने, ‘यो अभियानमा समन्वय गर्दै अघि बढ्न हामी सधैँ तयार छौँ ।’
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अभियानमा चासो र जिज्ञासा भएमा स्रोतको अभाव नहुने उल्लेख गर्दै स्वास्थ्य महाशाखाले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुला छलफल नहुँदा धेरै किशोरकिशोरीहरू मानसिक समस्याको शिकार हुने गरेको बताउँदै यस्ता अभियानहरू अहिलेको आवश्यकता भएको धारणा राखे ।
कार्यक्रमको सहजीकरण संघका कास्की शाखाका कोषाध्यक्ष विष्णुप्रसाद दाहाल ‘आभास’ र वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले गरेका थिए । जागरण कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका करिब १०० विद्यार्थीहरूको सहभागिता थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, गौरीशंकर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मानबहादुर कार्की र संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले मन्तव्य राखेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर