
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
पोखरा, १८ भदौ । नेपाल परिवार नियोजन संघको कास्की शाखाले किशोरकिशोरीहरूलाई केन्द्रित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जागरण अभियान मङ्गलबारबाट सुरु गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाको कार्यालयको सहयोग र समन्वयमा यो अभियान हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयबाट सुरु गरिएको हो । अभियान कास्की जिल्लाका चार गाउँपालिकामा दुई–दुई विद्यालय तथा कलेज गरी आठ स्थान र महानगरपालिकामा १६ स्थान गरी कुल २४ विद्यालय तथा कलेजमा सञ्चालन गरिने संघका कास्की शाखा सभापति नवीन सिग्देलले बताए ।
‘हामीले यो अभियान स्थानीय सरकार र स्वास्थ्यसम्बन्धी संस्थाहरूसँग मिलेर सञ्चालन गर्ने लक्ष्य लिएका छौँ,’ सिग्देलले भने, ‘किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यका मुद्दामा केन्द्रित यो अभियान सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दछौँ ।’
अभियानको उद्घाटन पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले गरेका थिए । कार्यक्रममा बोल्दै तिम्सिनाले किशोरकिशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुला रूपमा जानकारी लिन सक्ने यो अभियान महत्वपूर्ण थलो बन्ने बताए ।
‘किशोरकिशोरीहरूका यौन तथा प्रजनन स्वास्थ्यका प्रश्नमा स्थानीय सरकार गम्भीर छ,’ उनले भने, ‘यो अभियानमा समन्वय गर्दै अघि बढ्न हामी सधैँ तयार छौँ ।’
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अभियानमा चासो र जिज्ञासा भएमा स्रोतको अभाव नहुने उल्लेख गर्दै स्वास्थ्य महाशाखाले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुला छलफल नहुँदा धेरै किशोरकिशोरीहरू मानसिक समस्याको शिकार हुने गरेको बताउँदै यस्ता अभियानहरू अहिलेको आवश्यकता भएको धारणा राखे ।
कार्यक्रमको सहजीकरण संघका कास्की शाखाका कोषाध्यक्ष विष्णुप्रसाद दाहाल ‘आभास’ र वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले गरेका थिए । जागरण कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका करिब १०० विद्यार्थीहरूको सहभागिता थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, गौरीशंकर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मानबहादुर कार्की र संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले मन्तव्य राखेका थिए ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन