
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौं, २३ भदौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्।
“मन्त्रिपरिषद् बैठक भर्खरै सकियो, गृहमन्त्रीले राजीनामा दिनुभयो,” एक मन्त्रीले बताए। सोमबार जेन–जी युवाहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध काठमाडौं, पोखरा, वुटवल, इटहरीलगायतका मुख्य सहरमा प्रदर्शन गरेका थिए। स्कूल–कलेजको ड्रेसमै सहभागी १०–१२ कक्षाका विद्यार्थीहरूले बोकेका प्लेकार्डमा लेखिएको थियो, “असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ। मेटाले भन्दा नेताले दुःख दिए।”
प्रदर्शनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। यही घटनापछि नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा गृहमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका थिए।
“असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ। मेटाले भन्दा नेताले दुःख दिए।”
उक्त बैठकमा लेखकले प्रदर्शनका क्रममा भएको घटनाप्रति दुख व्यक्त गर्दै नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। लगत्तै उनी बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
“दुई महामन्त्रीले यत्रो घटना हुँदा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरा सशक्त रूपमा उठाउनुभयो। सभापति शेरबहादुर देउवा मौन रहनुभयो। तर, गृहमन्त्रीले राजीनामा दिन्छु भन्दै मन्त्रिपरिषद् बैठकमा जानुभयो,” बैठकमा सहभागी एक पदाधिकारीले भने।
यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीको मात्र नभई नेपाली कांग्रेसले समेत सरकार छाड्नुपर्ने बताएका थिए। “यो सरकारको औचित्य समाप्त भएको छ। गृहमन्त्रीले मात्र होइन, पार्टीले नै वर्तमान सरकारबाट बाहिरिनुपर्छ,” कोइरालाले भने ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम