
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
बलेवा । भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँदमा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
ढोरपाटन नगरपालिका-७, ८ र ९ का अधिकांश स्थानीयवासीको बसाइँ घुम्ती हुन्छ । हरेक वर्ष ६/६ महिनामा हुने तलमाथिको बसाइँ यो वर्ष हुने कि नहुने भन्नेमा उनीहरू चिन्तित छन् । हिउँदमा बेसी झरेर बस्ने भुजीखोला छेउका घरमा भएका आफन्तसहित मासिएका घरहरूको सम्झनामा मात्रै उनीहरूसँग छ । बाढीपहिरोका कारण क्षति भएका घरका परिबारले चिसो बढेसँगै यो वर्षको हिउँद कसरी कटाउने भनेर चिन्ता गर्न थालेका छन् । खोला छेउका १२७ घर परिवार बिस्थापित भएका थिए ।
बाढी पहिरो गएको दुई महिना बित्यो तर पीडितहरूको बास त्रिपालमै छ । पीडितको राहतका लागि नगद, खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्री बोकेर धेरै संस्था, व्यक्ति तथा समूह ढोरपाटन पुगे ।सरकारले बागलुङलाई बिपदग्रस्त क्षेत्र घोषणा गरेर पुनः निर्माण गर्ने भनेको दुई महिना पुग्दा पनि अहिलेसम्म काम हुन सकेको छैन ।
केहीदिनदेखि जाडो बढेपछि बाढीपीडितहरू घर बनाइदिन सरकारसँग माग गर्न थालेका छन् । “चिसो पालमुनी कटाउन सकिन्न, सरकारले कहिले बनाईदेला खै घर रु” पीडित चन्द्रा पुनले भन्नुभयो, “आँफै बनाउन सक्ने अबस्था छैन्, चिसो कसरी कटाउनु ?”
‘छिमेकीकोमा बसेको पनि दुई महिना भयो, चिसोमा सबैलाई सुविधा पुग्दैन।” पीडित भीमबहादुर सुनारले भन्नुभयो, “दिन त घाम तापेर कट्ला रात कसरी कटाउनु?” नगरपालिकाले पीडितका घर बनाउने कामका लागि सङ्घीय र प्रदेश सरकारका कार्यक्रम कुरेर बसेको छ । “केन्द्रीय बिपत व्यवस्थापन समितिको सिफारिसमा गृह मन्त्रालयले बिपतग्रस्त क्षेत्र घोषणा गरेकाले हामीले सो कार्यविधि पर्खिँदा ढिला भएको हो” उक्त नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिल्लिराम भट्टराईले भन्नुभयो, “सङ्घ र प्रदेशको कार्यक्रम आएपछि हाम्रो रणनीति बनाउँला भनेर कुर्दा ढिला हुने भयो ।”
संघीय सरकारले प्राबिधिक कार्यालय र प्रदेश सरकारले पूर्वाधार कार्यालयका एकाइ नै स्थापना गर्ने भनेकाले योजना दोहोरिने अवस्था आउन नदिन कुरेर बसेको उहाँको जिकिर थियो । “सबै त्रिपालमुनी हुनुहुन्न, घुम्ती बसाइँ भएकाहरूको खर्कमा पनि घर छ। ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “चिसो जोगाउने अरु उपाय लगाउँछौं, थप पीडा हुन दिन्नौं।” जिल्लाभर यस वर्ष ५९० घरमा बाढी पहिरोले क्षति पु¥याएको विवरण जिल्ला प्रशासन कर्यालयसँग छ ।
उक्त नगरपालिकाले पीडितको पुनःस्थापनाकालागि स्थापना गरेको कोषमा हालसम्म रू दई करोडभन्दा धेरै रकम जम्मा भए पनि त्यसलाई परिचालन गरेर राहत र पुनःस्थापनका लागि भने नगरले अग्रसरता देखाएको छैन् । चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाँडाजस्ता सामग्री पशसस्तै पाएपनि ओत लाग्ने घर नहुँदा समस्या भएको पीडितहरूको गुनासो थियो ।