
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
दार्चुला, ६ फागुन । अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्नुहुन्छ । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उहाँले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गर्नुभएको छ ।
गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि चाहिने सरिया बोकेर उहाँ दिनहुँ यहाँ पुग्ने गर्नुहुन्छ । त्यसबाहेक उहाँले स्थानीयदेखि व्यापारिक सामान बोकेर दिनहुँ गाउँपालिकाका खण्डेश्वरी, घुसालगायतका क्षेत्रमा पुग्ने गरेको बताउनुभयो ।
श्रीमान् धीरेन्द्रसिंह धामी पनि उहाँसँगै भारी बोक्ने काम गर्नुहुन्छ । “श्रीमान्–श्रीमती दुवै मिलेर भारी बोकेर परिवारको खर्च जोहो गर्ने गरेका छौँ, रोजगारीको अर्को विकल्प नभएपछि अप्ठ्यारो भारी बोक्नुपरेको छ”, उहाँ भन्नुहुन्छ । स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले नजोडिएको यो गाउँपालिका हो । विटुले–पारिबगर हुँदै खण्डेश्वरी जोड्ने गरी निर्माण भइरहेको यो सडक अहिले गाउँपालिकाको वडा नं ५ मकरीगाड पुगेको छ ।
गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुग्दा अहिले यस क्षेत्रमा महिला भरिया धेरै भेटिने गर्छन् । पुरुष अधिकांश बाहिर गएर पनि काम गर्छन् । गाउँपालिकामा हुने विकास निर्माणदेखि अन्य सामान ढुवानीमा महिला बढी सक्रिय छन् । अप्ठ्यारो भारीको मकरीगाडबाट प्रतिकिलो रु ३० सम्म भाडा लिने गर्छन् । माथिल्लो क्षेत्रका बासिन्दाले भारी बोक्दैनन् । जोखिमपूर्ण काममा अधिकांश वडा नं ५ र बाहिरका भरिया प्रयोग हुने गरेका छन् ।
“भारी बोकेन भने घर खर्चदेखि छोराछोरीको पढाइलगायतको खर्च केबाट व्यहोर्नु ?”, धामीले भन्नुभयो, “दैनिक रु दुई÷तीन हजार भारीबाट कमाइ हुन्छ ।” सिमेन्ट, खाद्यान्नलगायतका सामान अपिहिमालमा खच्चडमार्फत ढुवानी हुने गरेको छ । स्थानीय रेनुका धामीले दैनिक प्रतिकिलो ३० देखि ५० किलोसम्मको भारी तीन घण्टा उकालो चढेर पु¥याउने गरेको बताउनुभयो ।
“कहिलेकाहीँ दुधे बालकलाई छाडेरसमेत भारी बोक्नुपर्ने बाध्यता छ, तीन/चार घण्टामा फर्किहाल्छौँ”, उहाँले भन्नुभयो, “भारी नबोके परिवार चलाउन सकिँदैन, खेतबारीकै उत्पादनले पुग्दैन, खाद्यान्नको जोहो गर्न भए पनि भारी बोक्नैपर्छ ।”
भारी नबोके परिवार पाल्न समस्या हुने गम्फा ठगुन्ना भन्नुहुन्छ । खेतमा लगाएको अन्न बालीले वर्षभरि खान नपुग्ने र गाउँमा अन्य काम नभएको उहाँले बताउनुभयो । अपिहिमाल जान मकरीकोट र घुसाको ओकालो बाटो साह्रै कठिन छ ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो