
१रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
२अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
३सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
४२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
५मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
६गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
७गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
८सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
९सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१०सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
११अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१२मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
सहकर्मी चिकित्सकले नेपालीलाई ‘बहादुर’ भनेर होच्याएपछि भारत छोडेर स्वदेश फर्किएका डाक्टरले नेपालमा नयाँ प्रविधि मात्रै भित्र्याएनन्, ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो बनाएका छन्।
काठमाडौं । धेरै भएकै छैन, जम्मा दशकअघिको कुरा हो। बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामीले भारतै धाउनुपर्थ्यो। स्वदेशी अस्पतालमा यो सुविधा थिएन। तर, जब डा. विशेष पौड्याल पढाइ सकेर फर्किए, परिस्थिति केही बदलियो। क्लिनिकल हेमाटोलोजिस्ट पौड्यालले सन् २०१२ मा यहीं बोनम्यारो प्रत्यारोपण सेवा शुरू गरे। त्यसयता एक सय जनाभन्दा बढीलाई नयाँ जीवन दिइसके, सस्तो शुल्कमा।
काठमाडौंको निजामती कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत पौड्याल नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने एक्ला चिकित्सक हुन्। तर, यो सेवा स्थापनाका पछाडि निकै सङ्घर्ष लुकेको छ। मानव जीवनसँग जोडिएको संवेदनशील विषयलाई सरकारले प्राथमिकता नदिंदा एउटा नागरिक कतिसम्म निरीह बन्दो रहेछ, यस दौरान नजिकबाट अनुभव गरे डा. पौड्यालले।
सरकारले हेमाटोलोजीका पर्याप्त चिकित्सक र संरचना तयार नपार्दा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका धेरैजसो बिरामी अझै उपचारबाट टाढै छन्।
सन् २००७ मा चाइना मेडिकल युनिभर्सिटीबाट हेमाटोलोजीमा एमडी पूरा गरेका उनले छात्रवृत्तिमा पढेकाले दुई वर्ष सरकारी अस्पतालमा काम गर्नैपर्थ्यो। उनी वीर अस्पतालमा खटिए। त्यहाँ उनी हेमाटोलोजीका सबै सेवा दिन चाहन्थे, तर सहयोग पाएनन्। अनि भारतको भेलोरस्थित क्रिश्चियन मेडिकल कलेजमा ‘फेलोसिप’ गर्न गए।
सरकारले हेमाटोलोजीका पर्याप्त चिकित्सक र संरचना तयार नपार्दा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका धेरैजसो बिरामी अझै उपचारबाट टाढै छन्।
त्यहाँ छँदा धेरै बिरामीको बोनम्यारो प्रत्यारोपण गरेर काममा अझ पोख्त भए। उनलाई द्विविधा थियो, अब भारतमै बस्ने कि नेपाल फर्कनेरु त्यही क्रममा त्यहाँका एक चिकित्सकले भनेछन्, “नेपालीहरू बहादुर (गार्ड) मात्र देखेको थिएँ, डाक्टर पनि हुँदा रहेछन्।”
यो सुनेपछि उनलाई त्यहाँ बस्न मन लागेन, स्वदेशै फर्किए। तर, फेरि वीर अस्पताल जान चाहेनन्। बरु सिनामंगलस्थित नोबेल अस्पतालका सञ्चालकलाई भेटेर बोनम्यारो प्रत्यारोपण सेवा शुरू गर्ने प्रस्ताव राखे। नोबेलका सञ्चालकले स्विकारिहाले। त्यहीं छँदा पौड्यालले सन् २०१२ मा नेपालमै पहिलो पटक बोनम्यारोको सफल प्रत्यारोपण गरे। तर, नयाँ काममा जसभन्दा अपजस बढी थियो।
बोनम्यारो पनि अङ्ग प्रत्यारोपण जस्तै भएकाले सरकारसँग अनुमति नलिई गर्न नमिल्ने भन्दै अड्को थापियो। “आइन्दा यस्तो गरिस् भने कारबाही गर्छु भन्दै स्वास्थ्य विभागले पत्र काट्यो,” उनले शुरूआती दिन सम्झिए।
एक मन त उनलाई यही सेवा सरकारी अस्पतालमा शुरू गरेको भए यति विरोध हुँदैनथ्यो कि भन्ने लाग्यो। अर्कातिर बिरामीले निजी अस्पतालमा खर्च धान्न नसकेको गुनासो पनि गरिरहेका थिए। त्यसैले उनले सिभिल अस्पतालका तत्कालीन निर्देशक डा। विमल थापालाई यो सेवा सञ्चालनको प्रस्ताव गरे। ‘नोबेल जस्तो ५० बेडको सानो अस्पतालले त ट्रान्सप्लान्ट गर्न सकेको छ भने सिभिल अस्पतालले किन सक्दैनरु म गर्छु, मलाई विश्वास गर्नुस्’ पौड्यालको यो प्रस्ताव थापाले स्विकारे।
सिभिलमा बोनम्यारो प्रत्यारोपणको तयारी शुरू भयो। पौड्यालकै पहलमा अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस (यूआइसी) सिकागोले नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रत्यारोपणमा सघाउने भयो। यसका लागि उनी सहितको टोली अमेरिका नै पुगेर तालीम लियो। सन् २०१६ मा सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण शुरू भयो।
त्यतिन्जेल उनी दुवैतिर काम गरिरहेका थिए। सरकारी र निजी दुवै अस्पतालमा काम गर्दा स्वार्थ बाझिने भएकाले नोबेल छाडिदिए। सिभिल अस्पतालमा शुरूआतको तीन वर्ष ज्यालादारीमा काम गरेका उनी अहिले पनि ‘पटके’ करारमा छन्। गत वर्ष विश्वचर्चित द लान्सेट जर्नलले पौड्यालका विषयमा फिचर सामग्री प्रकाशित गरेको छ, जसमा नेपालमा संसारकै सबैभन्दा सस्तो शुल्कमा बोनम्यारो प्रत्यारोपण हुने उल्लेख छ।
पौड्यालका अनुसार, नेपालमा पाँचदेखि १२ लाखमा बोनम्यारो प्रत्यारोपण हुन्छ भने भारतमा १७ देखि ३० लाख हाराहारी लाग्छ। त्यस्तै, अमेरिकामा नेपाली पाँच करोड रुपैयाँसम्म लाग्छ। “म प्रत्यारोपण गरेको एक रुपैयाँ पनि शुल्क लिन्नँ, सरकारी अस्पताल भएकाले बेड चार्ज सस्तो छ,” पौड्याल भन्छन्, “प्रत्यारोपणबाट पैसा कमाउने उद्देश्य बनाएका छैनौं।”
यस कारण महत्त्वपूर्ण
नेपालमा वंशानुगत रोगका बिरामी बढ्दै गएकाले पनि बोनम्यारो प्रत्यारोपण महत्त्वपूर्ण विषय बनेको छ। चिकित्सकका अनुसार, हामीकहाँ थालासेमिया तथा सिकलसेल एनिमिया विकराल बन्दै गएका वंशानुगत रोग हुन्। टीआईएफ साइप्रसद्वारा प्रकाशित एक अनुसन्धानमूलक पुस्तकमा नेपालमा थालासेमियाका अनुमानित आठ सय बिरामी रहेको उल्लेख छ। प्रत्येक वर्ष यस्ता ३२७ नयाँ बिरामी थपिन्छन्। २०७४ सालको एउटा अध्ययनले थारू समुदायका करीब दुई लाख व्यक्ति सिकलसेलबाट पीडित रहेको देखाएको छ।
डा. पौड्यालका अनुसार, थालासेमिया र सिकलसेलका बिरामीलाई पाँच वर्ष ननाघ्दै बोनम्यारो प्रत्यारोपण गरिए एक सयमा ९० जनालाई निको पार्न सकिन्छ। तर, नेपालमा एक प्रतिशतको पनि बोनम्यारो प्रत्यारोपण गर्न सकिएको छैन। रोगको जटिलता अनुसार सातामा एक या महीनामा दुई पटक रगत चढाउनुपर्ने थालासेमियाका बिरामीलाई रगतको ‘रियाक्सन’ रोक्न औषधि खानुपर्ने बाध्यता छ। “राज्यले नीति नबनाएकै कारण हजारौं यस्ता बिरामी जीवनभर रगत चढाउनुपर्ने बाध्यतामा छोटो आयु लिएर बाँचिरहेछन्,” उनले भने।
पौड्यालका अनुसार, अप्लास्टिक एनिमिया भनिने बोनम्यारो सुक्ने रोग अर्को समस्या हो। यसमा पनि समयमै प्रत्यारोपण गरिए एक सयमा ८० जनालाई बचाउन सकिन्छ। उनी हरेक साता यस्ता १० जना रोगी फेला पारिरहेका छन्। ल्युकिमिया, लिम्फोमा भएका बिरामीका लागि पनि यो उपचार पद्धति अत्यन्तै प्रभावकारी मानिन्छ। सिभिल अस्पतालमा मात्रै हरेक वर्ष रगतसँग सम्बन्धित दुई सय हाराहारी नयाँ रोगी उपचार गराउन पुग्छन्।
आँखामा समस्या देखिएपछि स्याङ्जाका रविन खड्का (परिवर्तित नाम) दुई वर्षअघि भारतको गुजरातस्थित अहमदावाद सिभिल हस्पिटल पुगेका थिए। उनलाई रक्त क्यान्सर भएको पत्ता लाग्यो। परिवारले नेपालमै सस्तो उपचार हुने थाहा पाएपछि यतै ल्याए। उनको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण गरियो।
उनकी आमाका अनुसार, उनीहरू शुरूमा नेपालकै विभिन्न अस्पताल धाए पनि रोग पत्ता लागेन। पैसा मात्र सकियो। खड्का परिवारले छोराको उपचारमा कुल ५० लाख खर्च गर्यो, जसमध्ये १२ लाख बोनम्यारो प्रत्यारोपणमा लाग्यो। “शुरूमै पोखरातिरै रोग पत्ता लागेको भए यति धेरै खर्च नहुने रहेछ,” उनी भन्छिन्, “ढिलो रोग पहिचान हुँदा धेरै ऋण गर्नुपर्यो।”
पौड्यालको बुझाइमा हरेक प्रादेशिक अस्पतालमा रक्तरोग विशेषज्ञ भए बिरामीले यस्तो सास्ती भोग्न पर्दैन। “विशेषज्ञ अभावले समुदायमा रहेका धेरै बिरामी पहिचान गर्न सकिएको छैन, पहिचान भएकाको पनि उपचारमा ढिलाइ भएको छ,” उनी भन्छन्।
केमोथेरापीबाट निको नहुने रक्त क्यान्सरको उपचार बोनम्यारो प्रत्यारोपणबाट गरिन्छ। कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ सुधीर सापकोटाका अनुसार, त्यहाँ आउने क्यान्सरका रोगीमध्ये आधाजसो रगत सम्बन्धी छन्। “बोनम्यारो प्रत्यारोपणपछि बालबालिकामा रगत सम्बन्धी रोग निको हुने सम्भावना वयस्कको भन्दा धेरै हुन्छ,” उनले भने। पछिल्लो समय वयस्कहरूमा पनि रक्त क्यान्सरको अवस्था भयावह रहेको सापकोटाले जानकारी दिए।
पौड्यालका अनुसार, सिभिल अस्पतालमा महीनामा कम्तीमा चार जनाको बोनम्यारो प्रत्यारोपण हुन्छ। तैपनि, पालो कुर्नेहरू ५० जना हाराहारी भइरहन्छन्। “पहिचान नभएका अन्य वंशानुगत रोगका बिरामीको सङ्ख्या त अझ अनुमान बाहिरै छ,” उनले भने।
सरकारले हालसम्म क्लिनिकल हेमाटोलोजिस्टको दरबन्दी खुलाएको छैन। यसै कारण यस सम्बन्धी विषय पढ्नेहरू पनि कम छन्। “बोनम्यारो प्रत्यारोपणलाई निरन्तरता दिन पनि सरकारले क्लिनिकल हेमाटोलोजिस्टको दरबन्दी खोल्नुपर्छ,” पौड्याल भन्छन्।
उनका अनुसार, दरबन्दी नखोल्दासम्म यहाँ त जनशक्ति उत्पादन हुँदैन नै, विदेशबाट पढेर आएकाहरू समेत टिक्दैनन्। अनि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने दूरदराजका बिरामी रोग पत्ता नलागेरै भारत धाउन बाध्य भइरहन्छन्।
छुट्टै अस्पतालको आवश्यकता
नेपालमा क्लिनिकल हेमाटोलोजीको छुट्टै विभाग भएको अस्पताल सिभिल मात्र हो। अन्य अस्पतालमा यो विषय पढेका चिकित्सक भए पनि बोनम्यारो प्रत्यारोपण गर्ने संरचना र टीम छैन। रगत सम्बन्धी रोगका बिरामीको अनुपात हेर्दा अहिले देशभर एक सय हाराहारी चिकित्सकको आवश्यकता रहेको पौड्याल बताउँछन्।
उनले तीन वर्षअघि बोनम्यारो प्रत्यारोपण गरेर घर पठाएका एक बिरामीको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनमै अस्पताल फर्काइयो। तर, उपचारपछि उनलाई राख्ने बेड पाइएन। हेमाटोलोजी विभागका बेड भरिइसकेका थिए। अन्य विभागमा खाली भए पनि हेमाटोलोजीको बिरामी भनेर राख्न दिइएन। बिरामीका आफन्तले भने, “ट्रान्सप्लान्ट गरेको अस्पतालमै बिरामीलाई बेड मिलाउन नसके यस्तो सेवा शुरू गर्नुको के अर्थ ?”
यो सुनेर पौड्याललाई नमज्जा लाग्यो। विगतमा पनि बेड अभावमै भर्ना गर्न नसकिएका बिरामी एकाएक स्मरणमा आए। उनले यो समस्याको एउटै उपाय देखे-रगत सम्बन्धी रोगको छुट्टै अस्पताल खोल्ने। तर, यो एक्लो चिकित्सकको बुताले सम्भव थिएन। हेमाटोलोजिस्टको दरबन्दीसम्म नखुलाउने सरकारले छुट्टै अस्पताल खोल्ने अपेक्षा यसै थिएन।
त्यो अवस्था अहिले पनि फेरिएको छैन। रगतका बिरामी थपिएको थपियै छन्, सिभिल अस्पतालमा बेड थपिएका छैनन्। “रगतका रोगी यति धेरै बढेका छन् कि मुटुरोगको गंगालाल जस्तै सरकारले नै रगत रोगको छुट्टै अस्पताल बनाउन ढिला भइसकेको छ,” उनी भन्छन्।
पौड्याललाई केही निजी अस्पतालले आकर्षक तलब(सुविधा सहित नडाकेका होइनन्। तर, उनी सरकारी अस्पतालमै केही गर्न चाहन्छन्। सरकारी छात्रवृत्तिमा पढेका चिकित्सक निजीमा काम गर्नु या बिदेसिनु नेपाली स्वास्थ्य प्रणालीको नियति नै हो। यसमा पौड्याल दरबन्दी नखोलेर सेवाको अवसर नदिने राज्य संयन्त्रलाई दोषी देख्छन्। “यत्रो वर्ष लगाएर शुरू गरेको बोनम्यारो प्रत्यारोपण बन्द नहोस् भनेरै म जागीरको सुनिश्चितता नभए पनि सिभिलमा बसिरहेको छु,” उनी भन्छन्।
सन् २०१६ मा नेपालमै हेमाटोलोजी विषय पढाउन पाकिस्तानको एसपीएस प्रोगाम चलाएका पौड्यालले सन् २०२० बाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँग सम्झौता गरेर डीएम हेमाटोलोजीको कोर्स शुरू गरेका छन्। उनी अबको केही वर्षमै बोनम्यारो प्रत्यारोपण गर्न सक्ने जनशक्ति यहीं उत्पादन भइसक्ने बताउँछन्।
तर, ती जनशक्तिलाई टिकाउने गरी दरबन्दी नखुल्ला कि भन्ने चिन्ता छँदै छ। “सरकारको यही रवैया रहे क्लिनिकल हेमाटोलोजीको क्षेत्र विकास हुन्न, किनकि काम गर्न चाहनेका लागि दरबन्दी त चाहियो नि,” डा. भन्छन्। -हिमाल खबर
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ