News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुर पश्चिम

दशौँ सन्तानका रुपमा छोरी जन्मिएसँगै ३३ वर्षीया छत्यालले प्राण त्यागिन

काठमाडाैँ । हुम्लामा एक महिलाको दशौं सन्तानका रूपमा छोरी जन्माएपछि मृत्यु भएको छ । अदानचुली गाउँपालिका–५ कर्गैई गाउँकी ३३ वर्षीया गौगोरा छत्यालले छोरी जन्मिने बित्तिकै मृत्यु भएको हो ।

स्थानीय नैन छत्यालकाअनुसार छोरा जन्मिन्छ भन्ने आशामा रहेकी गौगोराले नयाँ जन्मेकी छोरीको अनुहार हेरेको पाँच मिनेटमा प्राणत्याग गरेकी हुन् । उनीसँगै रहेकी अर्की महिलालाई छोरी समात्न आग्रह गर्ने बित्तिकै गौगोरा बेहोस भएकी थिइन् । एकैछिन पछि उनको मृत्यु भएको थियो ।

यसअघि उनका नौ छोरी थिए । ‘परिवारका सदस्यमा मात्र होइन गौगोरा आफैमा पनि छोरा जन्मेको हेर्ने इच्छा थियो,’ स्थानीय नैन छत्यालले भने, ‘कुनै बिरामी थिइनन्, छोरा नजन्माएको भनेर मानसिक तनावमा भने रहेको बुझिन आएको छ ।’

जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले उनको निधन हृदयघातको कारण हुनसक्ने बताइन् । उनको मृत्यु गत मंगलबार भएको हो । राजन रावतले गोरखापत्र समाचार लेखेका छन् ।