
१जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
२दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
३सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
४भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
५२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
६सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
७तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
८अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
९इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
१०डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
११कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
१२रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
काठमाडौं, १८ कात्तिक । सरकारले नेपाल प्रहरीको सर्वोच्च पद आइजिपीबाट १७ महिने कार्यकाल बाँकी रहँदैं गर्दा दानबहादुर कार्कीलाई आजै हटाएको छ। बुधबार अचानक बसेको मन्त्रिपरिषद् बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय गरेको छ। कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको छ। यो निर्णय आकस्मिक होइन। पछिल्ला केही हप्तादेखि प्रहरी संगठनभित्रै कार्की र केसीबीच चर्को टकराव चल्दै आएको थियो।
कार्कीलाई हटाउने चर्चा सञ्चार माध्यममा आउनासाथ उनले पत्रकारहरूलाई नै पक्राउ गर्ने हतियार चलाए। स्रोत खोज्दै नेपाल प्रेससहित विभिन्न सञ्चार माध्यममा पुगेर पत्रकारहरूलाई धरपकड गरे। यसले उनको स्वेच्छाचारी र भ्रष्ट चरित्रलाई झनै उजागर गर्यो। त्यसको अघिल्लो दिन मात्रै कार्कीले पिसिसी बैठक बोलाएर राजीनामा मागिएको भन्ने विषयलाई खण्डन गर्ने विज्ञप्ति जारी गरेका थिए।
तर सरकारले उनको यो नाटकलाई बेवास्ता गर्दै आजै पदबाट हटाएको हो। सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले सञ्चारमाध्यमलाई जानकारी दिँदै भने-‘आइजिपी कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाउने र केसीलाई आइजिपी बनाउने निर्णय भएको छ।’
प्रहरी प्रमुख पदमा बसेर शक्ति दुरुपयोग गर्ने, पत्रकारमाथि दमन गर्ने र संगठनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरूको अन्त्य अवश्यम्भावी हुन्छ। दानबहादुर कार्कीको अवसान त्यही सत्यको उदाहरण हो।
केसी हाल अपराध अनुसन्धान विभाग प्रमुख छन्। उनी कार्कीसँगैको ब्याचका अधिकृत हुन्। पछिल्लो समय प्रहरीभित्रको शक्ति संघर्ष र बाहिरबाट आउने दबाबबीच कार्कीको नेतृत्व असफल प्रमाणित भएको थियो। उनको कार्यकालमा प्रहरी संगठनभित्र अनुशासनहीनता, राजनीतिक हस्तक्षेप र भ्रष्टाचारका आरोपहरू थपिँदै गएका थिए। कार्कीलाई हटाउने निर्णयले प्रहरी संगठनमा नयाँ नेतृत्वको आवश्यकता महसुस भएको देखाउँछ।
मनोज केसीलाई जिम्मेवारी दिइएपछि अब अपराध नियन्त्रण, अनुसन्धान र संगठन सुधारमा कस्तो प्रभाव पर्छ भन्ने कुरा आउने दिनहरूले देखाउनेछन्। यो घटनाक्रमले एक पटक फेरि प्रमाणित गरेको छ-प्रहरी प्रमुख पदमा बसेर शक्ति दुरुपयोग गर्ने, पत्रकारमाथि दमन गर्ने र संगठनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरूको अन्त्य अवश्यम्भावी हुन्छ। दानबहादुर कार्कीको अवसान त्यही सत्यको उदाहरण हो।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त